१५ माघ २०८२, बिहिबार | January 30, 2026

बालुवाटारमा एमाले-कांग्रेसको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक



काठमाडौं । सत्तारुढ एमाले र कांग्रेसले बनाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको छ ।

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेताहरू बैठकमा सहभागी छन्।

बैठकमा अध्यादेश कसरी पास गर्नेबारे छलफल केन्द्रित रहेको छ । संसदमा निर्णायार्थ पेश गरिएका ६ वटा अध्यादेश पारित गर्ने आवश्यक संख्या अभाव भएपछि अप्ठेरोमा परेको सरकारले विभिन्न विकल्पहरु खोजिरहेको छ । सरकारमै सहभागी लोसपा र सत्तासाझेदार जसपा नेपालले भूमि अध्यादेश अस्वीकार गर्ने निर्णय गरेपछि एमाले कांग्रेसका नेताहरुको ध्यान अहिले एकीकृत समाजवादीमा रहेको छ । उनीहरुले एकीकृत समाजवादीलाई अध्यादेशबाटै जन्माएको र अध्यादेश ल्याउन नदिएर जोगाएको तर्क गर्दै सो पार्टीका नेताहरुलाई फकाउने र तर्साउने प्रयास गरिरहेका छन् ।

यस्तै बैठकमा सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीब्रतालगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ।

यसअघि यसै साता दुई पटक संयन्त्रको कार्यदलको बैठक बसेको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ८ : ०८ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला