९ पुस २०८२, बुधबार | December 24, 2025

मुलुकको आर्थिक चलायमान र विकासका लागि अध्यादेश ल्याइएको हो : सञ्चारमन्त्री



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको हित र मुलुकको समृद्धिको पक्षमा ल्याइएको अध्यादेशको विरोध हुनु चिन्ताको विषय भएको बताएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले अर्थतन्त्रलाई चलायमान बनाउन, सहकारीका क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न र सुकुम्बासी समस्या दीर्घकालीन रुपमा समाधान गर्न ल्याइएका अध्यादेशका विरुद्धमा एक भई प्रतिपक्ष विरोधमा उत्रिनु दुःखको विषय भएको बताए ।

राष्ट्रिय समाचार समिति (रासस) को ६४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले अध्यादेशभित्र भएका विषयवस्तुमाथि टीकाटिप्पणीसहित विरोध हुनुपर्नेमा त्यो नभई एकोहोरो अध्यादेशका बारेमा मात्र विरोध भएकामा आश्चय व्यक्त गरे ।

मन्त्री गुरुङले जनताको सेवा गर्न, विकास निर्माणलाई गति दिई स्थायित्व प्रदान गर्न, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न ल्याइएको अध्यादेश पास गर्नुको विकाल्प नरहेकोमा जोड दिए । उनले देश र जनतालाई केन्द्रमा राखेर ल्याइएको अध्यादेशका पक्षमा साथ दिन सबै राजनीतिक पार्टीहरूसँग आग्रह गरे ।

विभिन्न कालखण्डमा मुलुकमा भएका आन्दोलनबाट देशको शासन व्यवस्था र प्रणाली फेरिए पनि पुराना कानुन र नीति परिवर्तन नभइदिँदा अपेक्षा गरिएअनुसारको परिणाम दिन नसकेको स्पष्ट गर्दै सञ्चारमन्त्री गुरुङले अब शासन व्यवस्थाअनुसार कानुन परिवर्तन गर्नुपर्ने समय आएको बताए ।

संविधानको भावनाअनुसार सरकारका सबै निकाय पूर्ण लोकतान्त्रिक र समावेशी हुनुपर्नेमा जोड दिँदै उनले प्रजातन्त्रमा विधिको शासनसहित स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा त्यो नभइदिँदा लोकतन्त्र ‘ट्र्याप’मा परेको होकी भन्ने कोणबाट टीकाटिप्प्पी हुनेगरेको बताए ।

प्रदेश सरकार, पालिका, समग्र प्रहरी प्रशासन हाँक्ने व्यक्तिको कार्यशैली र आचरण ठीक हुनुपर्ने धारणा व्यक्त गर्दै उनले पुराना संरचनालाई नयाँ व्यवस्थाअनुरुप लोकतान्त्रिक र विधिसम्मत बनाउनुपर्नेमा जोड दिए ।

पछिल्लो समय हामीले ल्याएको लोकतन्त्र खतरामा पर्न लागेको महशुस गरी नेपाली कांग्रेस र नेकपा एमालेजस्ता दुई ठूला राजनीतिक दलको गठबन्धन गर्नुपरेको हो भन्दै विकास र समृद्धिसहित लोकतन्त्रलाई सुनिश्चित गर्न वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गरे ।

मन्त्री गुरुङले सरकारी सञ्चारमाध्यमलाई अझ व्यवस्थित र समयानुकूल बनाउन मन्त्रालय सधैँ सकारात्मक रहेको बताए ।

मन्त्री गुरुङका अनुसार सरकारी मातहतका सञ्चारमाध्यम् जनताको सूचना सेवाप्रति उत्तरदायी हुनुपर्ने बताउँदै उनले उक्त भूमिका प्रभावकारी ढङ्गले निर्वाह गर्दै आएको छ ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ६ : ०४ बजे

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

मुस्ताङ । नेपाल-चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड

सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं । सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),

निर्वाचन ७१ दिन बाँकी : चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर