२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

शनिबारदेखी बुटवलमा जी.बी. कोइरालाको स्मृतिमा महिला भलिबल प्रतियोगिता हुँदै



बुटवल । स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालको स्मृतिमा शनिबारदेखि बुटवलको सिद्देश्वरी मैदानमा छात्राहरुको भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । जी.बी. कोइराला स्मृति प्रतिष्ठानको आयोजनामा १३ औं संस्करणको महिला भलिबल रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो ।

नेपाली काङ्ग्रेसका तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसको अवसरमा २ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता बारे जानकारी दिन विहिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका सदस्य तथा खेल संयोजक बाबुराम वि.क.ले जिल्लाका १६ विद्यालयबाट सहभागिता रहने निश्चित भइसकेको बताए । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा संरक्षकत्वमा आयोजना हुने प्रतियोगितामा विजेताले नगद २५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए ।

यसैगरी उपविजेता समुहले २० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र, तृतीय हुनेले नगद १५ हजारसहित कप, मेडल र प्रमाणपत्र तथा सान्त्वना स्थान हासिल गर्ने समुहले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका प्राविधिक सदस्य यमप्रसाद श्रेष्ठले जानकारी गराए । यसैगरी विधागततर्फ उत्कृष्ट एक जना र अनुशासित खेलाडीलाई समान १ हजार ५ सयका दरले नगद पुरस्कार प्रदान गरिने श्रेष्ठले बताए । सामुदायिक र संस्थागत विद्यालयलाई फरक-फरक समुहमा विभाजन गरी अन्तिम चारमा पुग्ने समुह मध्येबाट फाइनल पुग्ने समुहको टुङ्गो लगाइने उनले बताए । नकआउटका आधारमा खेलाइने उक्त खेलमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयलाई फरक-फरक पोलमा राखेर खेलाउँदा दुबैतर्फका विद्यालयको समान पहुच हुने भएकाले नयाँ ढंगबाट खेलाउन लागिएको उनले जानकारी दिए ।

मुलुकमा बहुलवाद स्थापना तथा १० वर्षे युद्धलाई अन्त्य गरी मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन तत्कालिन काँग्रेस सभापति स्वर्गीय कोइरालाले खेलेको भूमिकाको स्मरण गर्दै प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्कीले उनको सम्मान प्रतियोगिता आयोजना गरिएको जानकारी गराए । ‘हिंसामुक्त र शान्तिपूर्ण उन्नत समाज निर्माण हाम्रो अभियान’-भन्ने मूल नारासहित प्रतियोगिताका आयोजना गरिएको उनले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ९ : २५ बजे

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौं । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन

निर्वाचन आउन एक दिन बाँकी : सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक