७ बैशाख २०८३, सोमबार | April 20, 2026

जी पी कोइराला रनिङशिल्ड महिला भलिबल प्रतियोगिताको उपाधि उजिरसिंहलाई



बुटवल । जी पी कोइराला स्मृति प्रतिष्ठानको आयोजनामा बुटवलमा भएको महिला भलिबल प्रतियोगिताको उपाधि उजिरसिंह माध्यमिक विद्यालयले जितेको छ । जीपी कोइराला स्मृती महिला भलिबल रनिङ शिल्ड प्रतियोगिताको आइतबार भएको फाईनल खेलमा न्यू नमुना बोर्डिङ स्कुल देवदहलाई रोक्दै उजिरसिंहले उपाधि हात पारेको हो ।

उजिरसिंहले उपाधिसंगै रनिङ शिल्ड, शिल्ड र मेडल सहित २५ हजार रुपैया नगद पुरस्कार प्राप्त गरेको छ । त्यस्तै दोस्रोमा समेटिएको न्यू नमुना बोर्डिङले शिल्ड, मेडल र प्रमाणपत्र सहित २० हजार रुपैंया नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा तिलोत्तमाको शान्ति नमुना तृतीय र बुटवलको सिद्धार्थ गौतम बुद्ध क्याम्पस सान्त्वना भए । उनीहरुलाई क्रमश: १५ हजार र १० हजार रुपैया नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडि उजिरसिंहकी पुजा सेन ठकुरी र अनुशासित खेलाडि न्यू नमुनाकी सिर्जना सारु मगरलाई जनही १ हजार ५ सय रुपैया नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरुलाई बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्की, उपाध्यक्ष बालकुमारी भण्डारी, काजिमान श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन र भलिबल खेलमा महिलाको आकर्षण बढाउनका लागि शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आयोजना गरिएको १३ औं संस्करणको प्रतियोगितामा यस क्षेत्रका सामुदायिक र संस्थागत गरि १४ विद्यालयको सहभागिता रहेको प्रतियोगिताका संयोजक तथा प्रतिष्ठानका सदस्य बाबुराम विकले जनकारी गराए ।

प्रतियोगितामा विद्यालयहरुको सहभागिता बढाउनको लागि सामुदायिक र संस्थागत विद्यालयलाई छुट्टा छुट्टै पोलमा राखेर प्रतिस्पर्धा गराईएको प्राविधिक सदस्य यमप्रसाद श्रेष्ठले बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ६ : ५८ बजे

जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी

उत्तरी जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान मौसम

भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली

भद्रपुर । भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित,

पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने दुई अध्यागमन अधिकृत हटाइए, छानबिन सुरु

काठमाडौं । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका दुई

आरोप अस्वीकार गर्दै गृहमन्त्री गुरुङले भने – ‘छानबिनमा पार्टीलाई सघाउँछु ‘

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेका सेयर लगानी, स्रोत

गृहमन्त्री गुरुङमाथि तत्काल उच्चस्तरीय छानबिन गर्न कांगेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस ले गृहमन्त्री सुधन गुरुङमाथि