१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

द प्याडलर्स (भारत) का साईक्लिष्टहरुलाई बुटवलमा स्वागत



बुटवल । ‘भारत-नेपाल मित्रता र विश्व शान्तिको लागि राईड’ नारासहित नया दिल्लीबाट यात्रा शुरु गरेका द प्याडलर्स (भारत) का साईक्लिष्टहरुलाई बुटवलमा स्वागत गरिएको छ ।

बुटवल युनाईटेड साईक्लिङ क्लब, नेपाल खेलकुद पत्रकार संघ रुपन्देही, रुपन्देही लन टेनिस संघका पदाधिकारी, सदस्यहरुले विहिबार बुटवलमा १० जना राईडर्सहरुलाई खादा लगाएर स्वागत गरेका हुन ।

कार्यक्रममा क्लबका सचिव राजु तिवारी, मंचका अध्यक्ष सुमन अधिकारी, लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीले स्वागत गरे । भारतको राजधानी नया दिल्लीबाट फागुन ५ गते (फेब्रवरी १७ तारिख) यात्राको शुभारम्भ भई चौथौ दिन बुटवल आईपुगेका हुन ।

नयाँदिल्ली गेटबाट पहिलो दिन रुद्रपुरसम्मको २४२ किलोमिटरको यात्रा तय गरेका हुन । यसैगरि दोस्रो दिन रुद्रपुरबाट चिसापानीसम्म २०९ किलोमिटर, तेस्रोदिन चिसापानीबाट लमहीसम्म १९४ किलोमिटर, चौथो दिन लमहीबाट बुटवल १२९ किलोमिटर दुरी पार गरेका छन । ६ दिने यात्रा गर्ने नेपालको राजधानी काठमाण्डौमा समापन गरिने छ । यो समुहको दोस्रो संस्करण भएको संयोजक जसप्रित सिहले बताए ।

कार्यक्रमको राजदूत डा पवन धिङ्ग्रा, लिड राइडर सञ्जीव रतन रहेका छन । पाचौ दिन बुटवलबाट चुम्लिम्टार १६६ किलोमिटर र छैटौ दिन चुम्लिम्टारदेखी काठमाण्डौसम्मको १०४ किलोमिटर गरि कुल १०४४ किलोमिटरको यात्रा साईकलबाट गर्नेछन । राईड दुई प्रकारका छन । जसमा एकल, दुई जनाको रिले र चार जनाको रिले रहेका छन ।

द पेडलर एण्ड फिट क्लब (वल्ड अल्ट्रा साईक्लिङ एशोसियसन, न्यूयोर्क) आयोजक रहेको कार्यक्रमको ईम्पेक्ट पार्टनर रोटरी डिष्ट्रिक ३२९२, हस्पिटल पार्टनर सिद्धार्थ हस्पिटालिटी, ट्राभल पार्टनर पाथिल होलिडे, प्राविधिक पार्टनर राजेश साईकल्स, साइकोफिट, टेलिकम पार्टनर नेपाल टेलिकम, ईनेर्जी पार्टनर बि कज तथा सपोर्टिङ क्लब बुटवल युनाईटेड साइक्लिङ क्लब रहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ६ : ०९ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा