२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

दोस्रो मेयर कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता : सेमिफाइनल समिकरण पूरा, शनिबार उपाधि भिडन्त



बुटवल । बुटवलमा जारी दोस्रो मेयर कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता अन्तर्गत पाँचौं दिन आज सेमिफाइनल समिकरण पूरा भएको छ ।

प्रतियोगितामा भाेली शनिबार उपाधिका लागि छात्रातर्फ गार्गी एकेडेमी र कालिका मानवज्ञान मावि भिड्ने भएका छन ।

आज भएको सेमिफाइनलमा टाइब्रेकरमा ज्ञानाेदय माविलाई ३-२ ले हराउँदै गर्गीले फाइनल यात्रा तय गरेको हो ।
त्यस्तै आजै भएको कालिका मानवज्ञान मावि र नविन औद्याेगिक माविबीचको सेमिफाइनलमा नविनलाई २-० हराउँदै कालिका फाइनलमा प्रवेश गरेको थियो ।

उता छात्र तर्फ भने सेमिफाइनलमा पराजित भएको स्कलर्स हाेम र न्यु हाेराइजनबीच उपाधि भिडन्त हुने बुटवल नगर खेलकुद विकास समिति अध्यक्ष बाेनिन पियाले जानकारी दिए ।

आजै भएको सेमिफाइनलमा स्कलर्स हाेमलाई २-० ले हराउदै फाइनलमा पुगेको सरस्वती मावि र न्यु हाेराइजनलाई ४-१ ले हराउँदै फाइनलमा पुगेको अक्सफोर्ड मावि दुबै टिमका एक/एक खेलाडी विरूद्व उजुरी परेको थियो ।

उजुरी बारे छानबिनका क्रममा सम्बन्धित विद्यालयले प्रमाण पुग्ने कागजात उपलब्ध गराउन नसकेका कारण अक्सफोर्ड र सरस्वती मावि फाइनल खेल्नबाट बन्चित भएको नगर खेलकुद विकास समितिका सदस्य शेरजंग गुरूङले बताए ।

उपाधिका लागि शनिबार दिउँसो १२ बजे बुटवलको तामनगर स्थित चारपाला खेल मैदानमा फाइनल प्रतिस्पर्धा हुने नगर खेलकुद विकास समिति प्रचारप्रसार संयोजक सुनिता गिरीले जानकारी दिइन् ।

प्रतियोगिताका विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई शनिबारै नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल लगायतले पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय भएको मञ्च ब्यवस्थापन उपसमितिका सराेज सिंहले बताए ।

छात्रतर्फ विजेता विद्यालयले नगद एक लाख पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपपिजेताले नगद ६० हजार पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

छात्रातर्फ विजेताले नगद ५० हजारसहिद शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा छात्रतर्फ २५ टिम र छात्रातर्फ १० टिमको सहभागिता रहेको नगर खेलकुद विकास समिति अध्यक्ष बोनिन पियाले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ७ : १० बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा