२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

दोस्रो मेयर कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता : छात्रतर्फ स्कलर्स र छात्रातर्फ कालिकालाई उपाधि



बुटवल । दोस्रो मेयर कप अन्तर विद्यालय छात्ररछात्रा फुटबल प्रतियोगिता २०८१ मा छात्रको उपाधि स्कलर्स होम बोर्डिङ स्कुलले हात पारेको छ । शनिबार भएको फाईनलमा न्यू होराईजन माबिलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

उपाधिसंगै स्कलर्स होमले नगद एक लाख रुपैया, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता न्यु होराईजन भने नगद ६० हजार पुरस्कार, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझायो । स्कलर्सको यो दोस्रो ठुलो उपाधि हो । यसअघि भएको क्यानन कपमा समेत स्कलर्स विजयी भएको थियो ।

बुटवल १४ तामनगरस्थित चारपाला खेलमैदानमा भएको निक्कै प्रतिस्पर्धात्मक खेलको शुरुवातमा स्कलर्सका सुसान्त थापा क्षेत्रीले गरेको एकमात्र गोल निर्णायक भयो ।

प्रतियोगितामा स्कलर्स होमका सुसान्त सर्वोत्कृष्ट खेलाडी घोषित भए । यसैगरि नबिन मस्र्यागी उत्कृष्ट गोलकिपर, क्याप्टेन सन्जु थापा उत्कृष्ट डिफेन्स, सुमित पुलामी उत्कृष्ट स्टाईकर, न्यू होराईजन होम बहादुर थापा उत्कृष्ट मिडफिल्डर, प्रतिक थापा हाई स्कोररबाट पुरस्कृत भए ।

छात्रातर्फ भने कालिका मानवज्ञान माविले फाईनलमा गार्गी एकेडेमीलाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसंगै कालिका नगद ५० हजार रुपैया नगद, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत भयो भने उपविजेताले गार्मी भने नगद ३० हजार रुपैयासहित कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझायो । कालिकाको जितमा कृति पराजुलीले दुई तथा रोशनी सारु मगरले गोल गरे । पाचौ मिनेटमा रोशनीले गोल गर्दै टिमलाई खेलमा अग्रता दिलाईन तर १० औ मिनेटमा गार्गीकी अनुस्का पल्लीले बराबरी गोल फकाईन । दोस्रो हाफमा कृति र रोशनीले विजयी गोल गरे ।

प्रतियोगितामा कालिकाका सृजना कडायत सर्वोत्कृष्ट खेलाडी घोषित भए । यसैगरि मुस्कान चौधरी उत्कृष्ट गोलकिपर, प्रस्था खनाल उत्कृष्ट डिफेन्स, कालिकाकै कृति पराजुली हाई स्कोरर तथा गार्गीकी गृष्मा पाठक उत्कृष्ट मिडफिल्डर, नमिता भुषाल उत्कृष्ट स्टाईकरबाट पुरस्कृत भए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, बुटवल नगर खेलकुद विकास समिति अध्यक्ष बोनिन पिया, नगर खेलकुद विकास समितिका सदस्य शेरजंग गुरुङले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन । प्रतियोगितामा छात्रतर्फ २५ तथा छात्रातर्फ १० टिमले प्रतिस्प्रर्धा सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ९ : १५ बजे

निर्वाचन आउन एक दिन बाँकी : सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत