२१ मंसिर २०८२, आइतबार | December 7, 2025

बुटवलको सेमलारमा पालिका स्तरीय प्रथम यु-१६ तथा लुम्बिनी प्रदेशस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने



बुटवल । युवा खेलाडी प्रोत्साहन गर्ने गरि रुपन्देही बुटवल उपमहानगरपालिका-१५ मा प्रथम सेमलार यु-१६ स्कुल लेभल ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिका स्तरीय यु-१६ तथा लुम्बिनी प्रदेशस्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा सेमलार ब्याडमिन्टन क्लबको आयोजनामा यही फागुनको २३ र २४ गते दुईसम्म प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगिता बारे जानकारी गराउन मंगलबार क्लबको कभर्डहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पुर्ण प्रकाश थापा विशेषगरी बुवटल भित्रका युवा खेलाडीलाई प्रोत्साहन गर्नेगरी १६ वर्ष मुनिको मेन्स डबलमा प्रतिस्पर्धा गराइने बताए ।

यसैगरी लुम्बिनी प्रदेश स्तरीय खुल्ला मेन्स डबल्स, उमेर समुहमा ३० प्लस मेन्स डबल्स र ४५ प्लस डबल्स गरि चार विधामा प्रतिस्पर्धा हुने अध्यक्ष थापाले जानकारी दिए । १६ वर्ष मुनिको खेलमा भने बुटवल उपमहानगरका खेलाडीले मात्रै सहभागी हुन पाउने क्लबका सचिव ईश्वरी तरामुले जानकारी दिए ।

प्रतियोगितामा १६ वर्ष मुनिको प्रतिस्पर्धामा विजेतालाई २० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले बताए । यसैगरी उपविजेतालाई १५ हजार तथा तृतीय यहुने दुई समुहलाई समान ५ हजार रुपैयाँ नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने सचिव तरामुले जानकारी दिए ।

खेल संयोजक चुरन थापाका अनुसार खुल्ला मेन्स डबल्सतर्फको विजेताले नगद ४१ हजार, दोस्रो समुहले नगद २५ हजार र तृतीय दुई समुहले समान ७ हजार ५ सय रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि ३० प्लस र ४५ प्लस मेन्स डबल्समा विजेता, उपविजेता र तृतीय हुने समुहले क्रमशः नगद ३५ हजार, २५ हजार र ७ हजार ५ सय रुपैयासहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा १३ लाख रुपैया खर्च हुने अनुमान रहेको छ। सामाजिक क्षेत्रमा समेत योगदान दिँदै आएको क्लबमा हाल १०५ जना सदस्य रहेका छन् । पत्रकार सम्मेलनमा बोल्दै बुटवल उपमहानगरका प्रवक्ता तथा वडाध्यक्ष शिव रानाले युवाहरुलाई खेलकुदमा प्रोत्साहननै प्रतियोगिताको प्रमुख लक्ष्य रहेको उल्लेख गरे ।

उपमहानगरले नगरको खेलकुद बिकासमा भौतिक संरचनाहरुको निर्माण तथा मर्मतसँगै खेल गतिविधिहरुलाई समेत प्राथमिकता दिँदै आएको उल्लेख गरे । युवाहरुलाई खेलकुदको माध्यमबाट जोड्दै समग्र नगरलाई राष्ट्रियस्तरमा पहिचय स्थापित गर्ने अभियानमा उपमहानगर रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १० : ४८ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल