१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै



काठमाडौं । अन्तर्राष्ट्रिय च्याम्पियनसिप महिला फुटबलको उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमार बीच आज फाइनल खेल हुँदैछ । दुवै टोलीले फाइनलका लागि तयार भएको बताएका छन् ।

नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले यसअघिका तीन खेल राम्रो भएको र फाइनलका लागि तयार भएको बताए । ‘तीन खेल खेल्यौं, राम्रो भयो । अब फाइनलको तयारी हुँदैछ’ उनले भने । यस्तै कप्तान एन्जिला तुम्बापो सुब्बाले पनि अहिलेसम्म सबैले राम्रो खेलेको र अब उपाधिका लागि फाइनलमा फाइट गर्ने बताइन् । उनले भनिन्, ‘दुवै टिम उपाधिका लागि खेल्छन् । जसले राम्रो खेल्छ उसैले जित्ने हो । हामी हाम्रो बेस्ट दिनेछौं ।’

म्यानमारका प्रशिक्षक र कप्तानले पनि फाइनलका लागि तयार भएको बताएका छन् । ‘फाइनलका लागि तयार छौं, आशा छ राम्रो खेल हुनेछ’ म्यानमारका प्रशिक्षक तेत्सुको युकीले भने । ‘हाम्रो खेलाडीहरू फाइनलका लागि तयार छन् । फाइनलमा राम्रो खेल्ने आशा छ’ म्यानमारका कप्तान वेन थेइङ्गी तुनले भनिन् ।

चार राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल र म्यानमार अपराजित रहँदै फाइनल पुगेका हुन् । दुवैले तीन मध्ये दुई खेल जित्दा एक बराबरी खेल्दै समान ७ अंक जोडेका थिए । गोलअन्तरमा म्यानमार पहिलो र नेपाल दोस्रो हुँदै फाइनल पुगेको हो । नेपालले कीर्गिस्तान र लेबनानलाई समान १९० ले पराजित गरेको थियो । म्यानमारले लेबनानलाई ३९१ र कीर्गिस्तानलाई ५९० ले हराएको थियो । नेपाल र म्यानमारबीच भएको लिगको अन्तिम खेल २९२ को बराबरीमा सकिएको थियो ।

नेपालले तीन खेलमा जम्मा ४ गोल गरेमो छ भने म्यानमारले १० गोल गरेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ७ : ५१ बजे

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले

रास्वपा संसदीय दलको बैठक : संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास

जाँचबुझ आयोगको प्रतिवेदन अधुरो र अपूर्ण : कांग्रेस

ललितपुर । नेपाली कांग्रेसले जेनजी आन्दोलनबारे तयार गरिएको जाँचबुझ आयोगको