बुटवल । नेपालभर फैलिएको सुपरकाइनेटिक नेपालको तीन दिने वार्षिक भेला तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । नेपालका विभिन्न शाखाबाट करिब ८० जना शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता तिलोत्तमाको वनवाटिकामा कार्यक्रम सम्पन्न भएको हो ।
रहेको उक्त कार्यक्रमले कम्पनीको वर्तमान अवस्था, भावी रणनीति तथा सेवा सुधारका विविध पक्षहरूमा महत्वपूर्ण छलफल गरेको थियो । कार्यक्रमको सभापतित्व सुपरकाइनेटिक बुटवलका प्रमुख भेष बहादुर थापाले गरेका थिए भने प्रमुख अतिथि कम्पनीका प्रमुख सोम बहादुर राना (दीपक) रहेका थिए । त्यसैगरी, अतिथिहरूमा विराटनगरका जिन्दल कुमार यादव, बिर्तामोड (झापा) का गणेश गौतम, पर्वतका प्रकाश पौडेल, धनगढीका अनिल चौधरी र जनकपुरका श्रवण राउत उपस्थित थिए। कार्यक्रमको सञ्चालन ललितपुर शाखाका प्रमुख सुवास श्रेष्ठले गरेका थिए भने भैरहवा शाखा प्रमुख संजय रानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सोम बहादुर रानाले सुपरकाइनेटिक नेपालको हालको अवस्था, प्रतिस्पर्धी बजारमा कम्पनीको स्थान, सेवा विस्तारका सम्भावना तथा भविष्यका रणनीतिहरूबारे विस्तृत जानकारी गराए । उनले सुपरकाइनेटिक नेपालले नेपाली कुरियर बजारमा फरक पहिचान बनाइसकेको उल्लेख गर्दै प्रतिस्पर्धी सेवा प्रवाह गर्न अझै नविनतम प्रविधि, सहज सेवा र चुस्त व्यवस्थापन आवश्यक रहेको बताए । उनले भने, “हामीले ग्राहकहरूको आवश्यकताअनुसार सेवा सुधार गर्दै जानुपर्छ । प्रविधि र नवीन सोचको प्रयोग नगरी अगाडि बढ्न सकिन्न। सुपरकाइनेटिकलाई अझ सशक्त र प्रतिस्पर्धी बनाउन हामीले सेवा प्रवाहलाई चुस्त बनाउनुपर्छ। ग्राहकहरूका गुनासा न्यूनीकरण गर्दै तीव्र र भरपर्दो सेवा दिनेतर्फ विशेष ध्यान दिनुपर्छ ।”
कार्यक्रमका सभापति भेष बहादुर थापाले सहभागी सबैप्रति आभार व्यक्त गर्दै कुरियर व्यवसायमा आउने चुनौती, बजारको माग, नियमनका विषयहरू तथा ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने उपायहरूबारे आफ्नो विचार प्रस्तुत गरे । उनले भने, “हामी ग्राहकको अपेक्षा अनुसार सेवा दिन नसक्दा प्रतिस्पर्धाबाट पछि पर्न सक्छौं । त्यसैले, नयाँ प्रविधि, दक्ष जनशक्ति र उत्कृष्ट व्यवस्थापनमार्फत सुपरकाइनेटिक नेपाललाई अझ मजबुत बनाउनुपर्छ ।”
भेलामा सहभागीहरूले केवल औपचारिक छलफल मात्र नभई, लुम्बिनी, लुम्बिनी प्यालेस रिसोर्ट छपिया लगायत यस क्षेत्रका महत्वपूर्ण पर्यटकीय तथा धार्मिक स्थलहरूको अवलोकन भ्रमण समेत गरेका थिए । यसले सहभागीहरूबीचको आपसी सम्बन्ध सुदृढ बनाउन थप सहयोग पुगेको थियो ।
सुपरकाइनेटिक नेपालको यो वार्षिक भेला कम्पनीको सेवा स्तर अभिवृद्धि गर्ने, कर्मचारीहरूबीच समन्वय र सहकार्य बलियो बनाउने तथा भविष्यमा अझ प्रभावकारी ढंगले सेवा प्रवाह गर्ने लक्ष्यसहित सम्पन्न भएको आयोजकहरूले बताएका छन् ।


















प्रतिक्रिया