१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

रेगन, सरोज, वाङचु र सोम बुटवलमा जारी अल नेपाल ओपन स्नुकरको सेमिफाइनल खेल्दै



बुटवल । बुटवलमा जारी सर्वाधिक पुरस्कार राशीको अल नेपाल ओपन स्नुकर प्रतियोगितामा आज सेमिफाइनलका दुई खेल हुंदैछन् । बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा पहिलो सेमिफाइनल खेल बिहान १० बजे काठमाडौंका वाङ्चू तामाङ र हेटौंडाका सोम लामाबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने खेल संयोजक शिशिर गुरुङले जानकारी दिए ।

यस्तै अन्तिम सेमिफाइनल खेल बुटवलका रेगन श्रेष्ठ र बिर्तामोडका सरोज गौतमबीच दिउसो ३ बजे शुरु हुने गुरुङले बताए । रेगन श्रीलंकामा सम्पन्न सागस्तरीय स्नूकर प्रतियोगितामा नेपाललाई पहिलो पदक दिलाउन सफल नेपालकै उत्कृष्ट खेलाडी हुन् ।

नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देही र खस्यौली स्नूकर क्लबको संयुक्त आयोजनामा फागुन १२ देखि जारी प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर च्याम्पियनसीपमा देशभरबाट १२८ जना खेलाडीले भाग लिएका थिए ।

प्रतियोगिताको विजेता खेलाडीले ३ लाख ३ हजार, उपविजेताले १ लाख १ हजार रुपैया, हाइएस्ट ब्रेकरले ५५ हजार रुपैया,सेमिफाइनलमा पुग्ने खेलाडीहरुलाई नगद ३०-३० हजार रुपैया, राईजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देहीका अध्यक्ष सुजन पुनले बताए ।

स्नुकरमा हालसम्मकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगितालाई बुटवल उपमहानगरपालिकाबाट मुख्य आर्थिक सहयोग भएको छ भने बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा सिंह कम्प्लेक्सका सञ्चालक महेशमान सिंहबाट ३ लाख ३ हजार र आवास ग्रुपका महेश थैवबाट एक लाख रुपैयां आर्थिक सहयोग भएको संघका सचिव प्रकाश क्षेत्रीले बताए । फागुन २२ गते फाइनल प्रतिस्पर्धा हुने प्रतियोगिता निशुल्क हेर्न पाइने आयोजकले व्यवस्था गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ८ : ४१ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा