१ चैत्र २०८२, आइतबार | March 15, 2026

७५ औं नेपाली चिकित्सक दिवसमा विविध कार्यक्रम



बुटवल । रुपन्देहीमा चिकित्सक सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरि ७५ औं नेपाली चिकित्सक दिवस मनाईएको छ । ‘नेपालीका लागि नेपाली चिकित्सक’ नारासहित मंगलबार माघ ४ गते दिवसको अवसरमा रुपन्देहीमा चिकित्सक पेशमामार्फत योगदान दिएका डा रामजी चौधरीलाई विशेष सम्मान गरिएको हो ।

कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालले उद्घाटन गर्दै चिकित्सकहरुको हकहितमा निरन्तर संस्था लागेको दाबी गरे । सामाजिक र सेवामुलक पेशालाई मर्यादित बनाउनु आजको आवश्यकता भएको उनले बताए । पछिल्लो ३ वर्षको तथ्याक केलाउदा ठुलो संख्या चिकित्सकहरु पलायनको अवस्था देखिएको भन्दै उनले नेपाली चिकित्सकलाई नेपालमा नै आत्मनिर्भर गराउने विषयमा सरकार गम्भिर हुनुपर्ने बताए ।

कार्यक्रममा नाक, कानघाटी रोग विशेषज्ञ डा बिष्णु शर्माले उपचारको क्रममा हुने चिकित्सक र बिरामीका आफन्तबिचमा हुने द्घन्द्घ र चुनौती र यसका समाधानका विषयमा आफनो प्रस्तुति दिदै नेपालको परिवेशमा चिकित्सकिय सेवा पछिल्लोसमय निक्कै जटिल बन्दै गएको बताए । चिकित्सक र बिरामीबिचमा सम्बन्ध निक्कै संवेदशिल हुने भन्दै उनले एकअर्काको बिचमा पवित्र विश्वास, आदर, सम्बादको कुरा महत्वपुर्ण दिन आग्रह गरे ।

कार्यक्रममा नसा तथा मानसिक रोग विशेषज्ञ डा विक्रम काफ्लेले मानसिक स्वास्थ्य र चिकित्सकबारे आफ्नो प्रस्तुति दिए । मानसिक स्वस्थ्य अहिलेको सबैभन्दा ठूलो समस्याका रुपमा देखिएको उनले बताए । विश्वमा नै सबैभन्दा जल्दोबल्दो विषय भएको उनि बताउछन । ‘प्रत्येक ४ जनामा एक जनामा मानसिक समस्या देखिने गरेको छ ।’-उनले भने ।

कार्यक्रममा युनिभर्सल मेडिकल कलेजका प्रिन्सिपल डा लक्ष्मी पाठक, भिम अस्पालका मेसु डा सकुन्तला गुप्ता, आम्दा नेपाल बुटवलका मेसु डा बिनोद पराजुली, संस्थाका उपाध्यक्ष डा वर्षा थापाले चिकित्सकहरुको क्षमता यसैबिच संघलाई सबल बनाउन र एकेडेमिक रुपमा अघि बढाउन साईन्टिफिक कमिटि समेत गठन गरिएको छ जसमा डा सन्तोष पोखरेल, डा कृष्ण कुमार अग्रवाल, डा योगेन्द्र अग्रहरी, डा प्रदिप शर्मा र डा सम्राट पराजुलीको पाच सदस्यीय टिमलाई प्रमाणपत्र वितरण गरिएको सचिव प्रकाश बस्नेतले बताए ।

कार्यक्रममा नेपाल मेडिकल एशोसियसन उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष सन्दिप सुवेदीले संस्थागत रुपमा सबल र पेशालाई मर्यादित बनाउने गरि वार्षिक कार्ययोजना अनुसार आफुहरु निरन्तर कार्यहरु गर्दै आएको बताए । संस्थागत रुपमा गोलबन्द भएर चिकित्सकको हकहितमा अग्रसर हुन आजको जरुरी रहेको उनको दाबी छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  २ : ४९ बजे

आठ महिनाको विकास खर्च १९ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर

पाल्पामा सवारी दुर्घटना, बुटवल सुख्खानगर बस्ने मगरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । चाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक