२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सौभाग्य र आयुषको जोडीलाई प्रथम सेमलार यु-१६ स्कुल लेभल ब्याडमिन्टनको उपाधि



बुटवल । युवा खेलाडी प्रोत्साहन गर्ने उदेश्यसहित रुपन्देहीको सेमलारमा प्रथम सेमलार यु-१६ स्कुल लेभल बुटवल उपमहानगरपालिका तथा लुम्बिनी प्रदेशस्तरिय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । बुटवल उपमहानगरपालिका संरक्षकत्वमा सेमलार ब्याडमिन्टन क्लबको आयोजनामा शुक्रबार भएको यु-१६ स्कुल लेभलतर्फको प्रतियोगितामा न्यु होराईजनका सौभाग्य कंडेल र आयुष श्रेष्ठको जोडी विजयी भएका छन ।

निक्कै प्रतिस्प्रर्धात्मक फाईनल खेलमा न्यु होराईजनका कंडेल र श्रेष्ठको जोडीले दीप बोर्डिङ स्कुलका समिप तरामु र अंकित थापाको जोडीलाई २१-१९, २१-१२ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन । उपाधिसंगै कंडेल र श्रेष्ठको जोडीले नगद २० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन । उपविजेता दीप बोर्डिङ स्कुलका तरामु र थापाको जोडी नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाए ।

प्रतियोगितामा तृतिय हुदै नवरत्न माबिका मनिष छन्त्याल र प्रसुन राना तथा एभरेष्ट बोर्डिङ स्कुलका आयुष थापा र सुसान्त रजालीको जोडी नगद ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन । प्रतियोगितामा अक्सफोर्डका क्रिमोन रिजाल, गणेश ज्ञान ज्योती अस्मिन भुषाल राईजिङ प्लेयर घोषित हुदै पुरस्कृत भएको खेल संयोजक चुरन थापा मगरले बताए ।

एक समारोहका बिच प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै खेलकुदमार्फत युवा, स्वस्थ्य र पर्यटन क्षेत्रको प्रवद्र्धन हुने बताए । एउटै खेलकुद धेरै क्षेत्रसंग जोडिएको हुदा पनि यसमा लगानी गर्न जरुरी रहेको उनको दाबी छ । नगरभित्र धेरै प्रतियोगिताहरु संचालन भैरहेको भन्दै उनले अब पूर्वाधारमा थप लगानी जरुरी रहेको उनले बताए । नया पुर्वाधारसंगै भएका पूर्वाधारलाई स्तरवृद्धि गर्न समेत सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं १५ का वडाअध्यक्ष शिव राना, वडा नं १६ का कृष्ण प्रसाद पौडेल, नवरत्न माबिका अध्यक्ष भवानी प्रसाद पौडेल, क्लबका अध्यक्ष पुर्ण प्रकाश थापा, क्लबका सल्लाहकार जय बहादुर छन्त्यालले खेलबाट देशको नाम अन्तराष्ट्रिय स्तरमा चिनाएका धेरै खेलाडीहरुलाई प्रोत्साहन गर्न सके भविष्यमा अझ युवा खेलाडी उत्पादन हुने भन्दै यसमा सरकारको ध्यान जानुपर्ने बताए ।

यु-१६ मेन्स डबल्स प्रतियोगिता नगरस्तरिय अन्तरमाबि तथा खुला मेन्स डबल्स, ३० मेन्स डबल्स र ४५ प्लस डबल्स गरि चार विधामा प्रतियोगिता भएको छ । खुला मेन्स डबल्सतर्फको विजेताले नगद ४१ हजार, दोस्रो टिमले नगद २५ हजार र तृतिय टिमले नगद ७५ सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि ३० प्लस र ४५ प्लस मेन्स डबल्समा प्रथम, द्घितिय र तृतिय टिमले क्रमश नगद ३५ हजार,२५ हजार र ७५ सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

फागुनको २३ र २४ गते दुई दिन हुने प्रतियोगितामा १३ लाख रुपैया खर्च हुने अनुमान आयोजकको रहेको छ ।

प्रतियोगिता अन्तरगत विद्यालयस्तर यु-१६ तर्फ ११ टिम तथा ४५ प्लसको ३३ टिम सहभागी रहेको सचिव ईश्वरी तरामुले बताए । सामाजिक क्षेत्रमा समेत योगदान दिदै आएको क्लबमा १०५ जना सदस्यहरु छन ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ६ : ३७ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल