१ पुस २०८२, मंगलबार | December 16, 2025

बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



बुटवल । बुटवल सोसल ग्रुपले बुटवलमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन गरेको छ । स्वास्थ्य नै धन हो भन्ने उद्देश्य सहित बुटवल उपमहानगरपालिका वडा नं। १ मा आयोजना गरिएको शिविरमा २ सय ५६ जनाले स्वास्थ्य चेकजाँच तथा निःशुल्क औषधी वितरण गरिएको थियो ।

बुटवल उपमहानगरपालिकाको सहयोगमा आयोजना गरिएको शिविरमा स्त्रीरोग, नाक, कान, घाँटी, हाडजोर्नी तथा नसारोग विशृषज्ञका साथै फिजिसियनले चेकजाँच गरेका थिए ।

शिविरमा बोल्दै बुटबल उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नरेन्द्र बस्नेतले स्वास्थ्य शिबिरले घर घरमा रहेका वृद्ध आमाबुवाहरूलाई उपचार गराउन ठुलो सहयोग पुगेको बताए । अस्पताल जान नसक्ने आथिक स्थिति कमजोर भएका बिरामीहरूका लागि निःशुल्क स्वास्थ्य शिबिर फलदायी भएको उनको भनाई छ ।

डा। दिनेश शाक्यले समय समयमा गरिने शिबिरहरूले बिरामीको उपचारमा सहयोग मिल्ने बताए । बुटवल सोसल ग्रुपमा अध्यक्ष भोज बहादुर थापाले स्वास्थ्य शिविरले धेरै बिरामीहरूलाई राहत पुगेको बताए ।

सोसल ग्रुपले पछिल्लो समय स्वास्थ्य सेवा लिन नसकेका, आर्थिक अवस्था कमजोर भएर विद्यालय जान नसकेका बालबालिकाहरूलाई कपडा, कापिकलम वितरण, हरियाली बुटवल बनाउन वृक्षारोपण खाद्यान्न अभाव भएकालाई खाद्यान्न वितरण गदै आएको अध्यक्ष थापाको भनाई छ ।

बुटवल उपमहानगरपालिका बडा नम्बर १ का वडा सदस्य अशोक राईले निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरेर धेरैलाई उपचार र औषधी वितरण गरेर पुण्य काम भएको बताए । वडाका धेरै मानिसहरू स्वास्थ्य शिविरबाट लाभान्वित भएको बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ८ : ०६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज