४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपालद्वारा युगाण्डा एक विकेटले पराजित



काठमाडौं । युगाण्डामा जारी चार देशीय महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले पहिलो खेल जितेको छ । नेपालले आफ्नो दोस्रो खेलमा युगाण्डालाई एक विकेटले पराजित गरेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।

युगाण्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस जितेर नेपालले पहिला फिल्डिङ रोजेको थियो । घरेलु टोली युगाण्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन बनायो । छयहत्तर रनको विजयी लक्ष्य नेपालले १९ दशमलव ५ ओभरमा ९ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि साना प्रवीनले सर्वाधिक १७ रन जोडिन् । उनले ३५ बलमा एक चौका प्रहार गरिन् ।

त्यस्तै पूजा महतोले १६ रन जोड्दा रुबिना क्षेत्रीले १० रन बनाइन् । सम्झना खड्काले ८, कप्तान इन्दु बर्माले ६ तथा ईश्वरी विष्टले अविजित ३ रन जोडिन् । बलिङतर्फ युगान्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन जोडिन् । उनले ४० बलमा तीन चौका प्रहार गर्दै २२ रन बनाइन् ।

त्यसैगरी, स्टेफेनिया नाम्पिलिनाले २५ बलमा एक चौकाको सहयोगमा १४ रन जोडिन् भने मलिषा अरिकोटाले २४ बलमा ११ रन जोडिन् । नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् भने कप्तान इन्दु बर्माले २ विकेट लिइन् । यस सिरिजमा युगान्डाको यो पहिलो हार हो । युगाण्डाले पहिलो खेलमा हङकङलाई पराजित गरेको थियो ।

जारी सिरिजमा घरेलु टोली युगाण्डासँगै नेपाल, नामिबिया र हङकङको सहभागिता रहेको छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । नेपालले भोलि हङकङसँग खेल्नेछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ५ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको