१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

बुटवल-१५ मा भोलीदेखि प्रथम वडा स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता हुने



बुटवल । बुटवलमा प्रथम वडा स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा आदर्श युवा क्लबको आयोजनामा बुटवल उपमहानगरपालिका वडा नं १५, रतनपुरको मुक्तिधाम खेलमैदानमा फागुन २७ गतेबाट हुने भएको हो ।

प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको क्लवका अध्यक्ष मनिष काफलेले बताए । वडा नं १५ स्थित सृजना युवा क्लबको संरक्षणमा रहेको नया मैदानलाई प्रचारप्रसार र प्रवद्र्धन गर्ने गरि खेल प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए। नगरका हरेक वडामा रहेका युवा खेलाडीहरुलाई प्लेटफर्म दिने गरि प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए । प्रतियोगिता आयोजना गर्न बुटवल उपमहानगरपालिकाबाट ४ लाख रुपैया सहयोग भएको उनले बताए ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक राजेन्द्र बुढाथोकीले बताए । यसैगरि उपविजेता टिमलाई नगद ५१ हजार १ सय ११ रुपैया कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । टिम निशुल्क दर्ताको ब्यवस्था गरिएको प्रतियोगितामा १९ वटा वडा सहभागी हुने उनले बताए । चैत ६ गतेसम्म संचालन हुने प्रतियोगितामा करीब ६ लाख खर्च हुने आयोजकको अनुमान छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं १५ का वडा सदस्य कुलप्रसाद लम्सालले वडामा रहेका खेल पुर्वाधारहरु संरक्षण गर्न आफुहरु लागेको र स्थानिय क्लबहरुलाई यसमा सहयोग गर्दै आएको उनले बताए । आफ्नो वडामा उजेलापुर, मधैया, सेमलार र मुक्तिधाम खेलमैदान गरि चार वटा पुर्वाधार रहेको र त्यसलाई संरक्षण गरिरहेको उनले बताए ।

कार्यक्रममा वडासचिव मेघराज काफ्ले, मुक्तिधाम टोल समितिका अध्यक्ष प्रेम प्रसाद पौडेल, मुक्तिधाम आमा समुहकी अध्यक्ष डम्बरादेवि शर्माले खेलबाट नै अब आफ्नो क्षेत्रको विकासमा लाग्नुपर्ने बताए । क्लब स्थापना भएसंगै रक्तदान, लागू औषध दुब्यसनी सम्बन्धि सचेतना, खेलकुद प्रतियोगिता, सेभेन ए साईड प्रतियोगिता लगायत गर्दै आएको उनले बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ८ : ४९ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा