१ पुस २०८२, मंगलबार | December 16, 2025

मोनिका युनिसेक्स सलुन एण्ड एकेडेमीको १३ औँ स्थापना दिवस विशेष कार्यक्रम गरी मनाईयो



बुटवल । मोनिका युनिसेक्स सलुन एण्ड एकेडेमी १३ औँ वर्षमा प्रवेश गरेको छ । बुटवलको विपिचोकमा रहेको उक्त एकेडेमीले आइतबार आफ्नो स्थापना दिवस विशेष कार्यक्रम गरी मनाएको छ ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले महिलाले केही गर्न सक्दैन भन्ने भ्रम गलत रहेको बताइन् । महिलाहरुले अवसर पाएमा जस्तो सुकै काम पनि गर्न सक्षम रहेको उपप्रमुख अर्यालले बताइन् । ‘महिलाहरुले केही गर्न सक्दैन भन्ने भ्रम रहेको छ, महिलाले अवसर पाए जे पनि गर्न सक्छन् भन्ने गतिलो उदाहरण मोनिका युनिसेक्सकी संचालिका मोनिकालाई लिन सकिन्छ’, उपप्रमुख अर्यालले भनिन् । बुटवल उपमहानगरले महिलाहरुलाई सीप, रोजगार तथा व्यवसायको माध्यमबाट आर्थिक रुपमा समृद्ध बनाउने अभियानमा लागेको उनले बताइन् । आगामी दिनमा सीप बिकासका कार्यक्रमका लागि मोनिका सलुनसँग पनि सहकार्य हुन सक्ने उल्लेख गरिन् ।

यस्तै संचालक मोनिका क्षेत्रीले सबैको साथ र सहयोगले आफु यहाँसम्म आएको भन्दै निरन्तर रुपमा सहयोग अपेक्षा गरिन् । साथै संचालक क्षेत्रीले काठमाडौंको सामाकुसी चोकमा शाखा विस्तार गर्न लागेको बताइन् । उक्त शाखा नयाँ वर्ष भन्दा पहिला नै संचालनमा ल्याउने तयारी रहेको बताइन् । ‘अब काठमाडौंमा शाखा संचालन गर्ने तयारीमा छौँ । अहिले डेकोरेशनको काम भइरहेको छ। नयाँ वर्ष भन्दा अघि नै संचालनमा आउँछ,’ उनले भनिन् ।

कार्यक्रममा आधुनिक गायिका एन्जिला रेग्मी लोकदोहरी गायक बालचन्द्र बराल, गायक नारायण विपि परियार, गायिका शुशिला गौतम, रेनुका भट्टराई, शुशिला श्रीपाली, मोडेल स्मारिका ढकाल, कलाकार ललिप खान र नारायणी खत्री लगायतका राष्ट्रिय तथा स्थानीय कालाकारहरुले विशेष प्रस्तुती पनि प्रस्तुत गरेका थिए । वार्षिकोत्सवका कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष विमलराज भट्टराई, बुटवल ६ का वडाध्यक्ष लेखनाथ न्यौपाने, संचालक गंगनबहादुर क्षेत्री लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

संचालक क्षेत्रीले वि.स. २०७० साल फागुन २५ गते बुटवलको अमर पथमा मोनिका ब्युटि केयर एण्ड कस्मेटिकको सुरु गरेकी थिइन् । २०७९ सालमा बुटवलको विपिचोकमा व्यवसाय सारेपछि मोनिका युनिसेक्स सलुन एण्ड एकेडेमी राखिएको थियो ।

यही साउनदेखि स्किन एण्ड हेयर लेजर क्लिनिकको सेवा समेत थप भएको छ । बुटवलमा व्युटिशियनले स्किन एण्ड हेयर लेजर गर्नेमा मोफोसलमा उनी पहिलो हुन् ।

यस्तै एकेडेमीमा ६ हजार भन्दा बढीले तालिम समेत लिएका छन् । उक्त शैलुनमा अहिले १८ कर्मचारी कार्यरत रहेको व्यवस्थापक अनिल अर्यालले जानकारी दिए । यसैगरी हरेक साता विभिन्न स्किन केयर डाक्टरबाट परीक्षणको व्यवस्था समेत रहेको उनले बताए । स्किन केयर विशेषज्ञहरु विक्रान्त ढकाल, रजनी अग्रवाल र सीता पौडेलले यहाँ आएर स्किन केयर सम्बन्धी सेवा उपलब्ध गराउँदै आएको उल्लेख गरे ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ८ : ५७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज