४ पुस २०८२, शुक्रबार | December 20, 2025

गणतन्त्रको विकल्प अरु हुन सक्दैन : सिके राउत



महोत्तरी । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राजावादीहरुको सक्रियतालाई लक्षित गर्दै गणतन्त्रको विकल्प अरु हुन नसक्ने बताएका छन्।

सरकारको कमजोर डेलीभरीका कारण केही असन्तुष्टिहरु देखिएता पनि ठुला दलहरु भने आफुलाई सुधार गर्न तयार हुनुपर्ने उनले जिकिर गरे । ‘हाम्रो पार्टीले लोकतान्त्रिक गणतन्त्र रक्षा गर्ने सवालमा केन्द्रीय समितिबाट पनि निर्णय गरेको छ’, अध्यक्ष डा. राउतले भने, ‘जनमत पार्टी पनि गणतान्त्रिक पार्टी हो यसमा हामीले नौलो गणतन्त्र भनेका छौ तर समाजवादी गणतन्त्र भने हैन ।’

महोत्तरीको बर्दिवासमा तीन दिनदेखि जारी केन्द्रीय समितिको बठकको समापनको क्रममा पत्रकारहरुसगँ कुरा गर्दै अध्यक्ष राउतले सरकारको कार्यसम्पादन कमजोर भए कै कारण राजावादीहरुले टाउको उठाएको पनि दाबी गरे । शुसासन र विकासको क्षेत्रमा सरकारको कार्यसम्पादन शून्य देखिएको वताउदै उन्ले गणतन्त्र रक्षाको लागि ठुला दलहरु नै सुध्रनुपर्ने धारणा राखे ।

अध्यक्ष राउतले समाजवादी मोर्चाले गर्ने भनिएको प्रर्दशनलाई लिएर भने फरक मत राखेका छन । प्रर्दशन भन्दा पनि व्यवहार परिवर्तन गर्नुपर्ने सुझाव दिदै उनले नेपालको परिवेशमा समाजवाद भन्दा नौलो गणतन्त्र नै आवश्यक भएको दोहोर्‍याए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १० : २४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको