४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रथम वडा स्तरीय मेयर कप फुटबलमा वडा नं १९ विजयी



बुटवल । बुटवलमा जारी प्रथम वडा स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगितामा वडा नं १९ विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा आदर्श युवा क्लबको आयोजनामा शनिबार भएको खेलमा वडा नं ४ लाई २-० गोल अन्तरले पराजित गर्दै वडा नं. १९ दोस्रो चरणमा प्रवेश गरेको हो ।

रतनपुरको मुक्तिधाम खेलमैदानमा भएको खेलमा वडा न.. १९ को जितमा सरोज खनाल र रिसि सुनारी मगरले गोल गरे । खेलमा सरोज खनाल म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि शनिबार नै अर्को खेलमा वडा नं. ५ वाकओभर पाएर दोस्रो चरणमा प्रवेश गरेको क्लबका अध्यक्ष मनिष काफलेले बताए ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक राजेन्द्र बुढाथोकीले बताए । यसैगरि उपविजेता टिमलाई नगद ५१ हजार १ सय ११ रुपैया कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । चैत ६ गतेसम्म संचालन हुने प्रतियोगितामा करीब ६ लाख खर्च हुने आयोजकको अनुमान छ ।

आईतबार पनि दुई वटा खेलहरु हुने छ । पहिलो खेलमा वडा नं. ३ र वडा नं. ८ तथा दोस्रो खेलमा वडा नं. ५ र वडा नं. १२ का बिचमा खेल हुने छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ८ : ०७ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज