१ चैत्र २०८२, आइतबार | March 15, 2026

पानी दिवसः नेपालगन्जमा पानी बहस हुँदै



नेपालगन्ज । विश्व पानी दिवसका अवसरमा नेपालगन्जमा शनिवार सुक्दै गएको भुमिगत जलस्रोतको अवस्था र दीर्घकालीन समाधानका बिषयमा विषय बिज्ञ र सरोकारवालाबीच पानी बहस हुने भएको छ । ‘लिक्विड हार्मोनी’ शीर्षकमा आसन्न पानीको संकट र व्यवस्थापनका उपाय बिषयमा प्यानल छलफल हुने भएको हो ।

बहसमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, पुर्व मेयर विजयकुमार गुप्त, अभियन्ता डा. विनोद कर्ण र अध्येता डा गंगादत्त नेपाल प्यानलिष्टका रुपमा रहने आयोजकले जनाएको छ । बागमती प्रदेश सरकारमा योजना आयोगका उपाध्यक्ष समेत रहेका डा.नेपाल पानी र जलवायु परिवर्तनमा पिएचडी गरेका अध्ययता हुन् । उनले विगतमा नेपालगन्जको सुक्दै गएको पानीको अवस्थाका बारेमा खोज अनुसन्धान गरेका थिए । बहसको सहजिकरण पत्रकार झलक गैरेले गर्नेछन् ।

आयोजक संस्थाका अध्यक्ष सौगातविक्रम शाहले नेपालगन्जमा बढ्दो जल संकट र यसको दीर्घकालीन असरबारे नागरिकलाई शिक्षित गर्ने, स्थानीय, प्रदेश र संघीय सरकारको भुमिका जल स्रोत व्यवस्थापनमा हुनुपर्ने र सहरी तथा ग्रामीण क्षेत्रमा दिगो जल व्यवस्थापनका समाधानहरु अन्वेषण गर्ने उद्देश्यले बहस कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

‘तीब्र सहरीकरण, वन विनास र अनियन्त्रित पानी उपभोगका कारण स्थानीय जलस्रोतमा संकट देखिएको छ । नदीहरु सुक्दै छन्, भुमिगत जलस्तर घट्दै छ, र जलवायु परिवर्तनले यस समस्यालाई थप संकटोन्मुख गराउँदै छ । ’ शाहले भने, ‘यस्तो अवस्थामा सार्वजनिक जागरुकता कम देखिन्छ । दीगो जल व्यवस्थापनका नीतिहरु कार्यान्वयन हुन सकेका छैनन् । यो कार्यक्रले यही बिषयको उठान र समाधान गर्ने अपेक्षा गरेका छौं ।’

बहस कार्यक्रम समापनसँगै बेलुकी सांगीतिक कार्यक्रम गर्ने आयोजकको तयारी छ । बहस कार्यक्रमलाई सघाउन बेलुकी विवेक लामा र अफरोड ब्याण्डले प्रस्तुति दिनेछ । उक्त कार्यक्रममा उत्साहजनक सहभागिताका लागि आयोजकले नेपालगन्जवासीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ४ : १२ बजे

साभुङ-देउराली-केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ-देउराली-केलादीघाट (कृष्ण मोटर मार्ग)

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका-१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल

किसानलाई सिँचाइको समस्या

सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ । मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र-५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च