४ पुस २०८२, शुक्रबार | December 19, 2025

तेश्रो लुम्बिनी अन्तरराष्ट्रिय ‘पिस म्याराथन’को उपाधि अनिशलाई



भैरहवा । लुम्बिनीमा सम्पन्न तेस्रो अन्तरराष्ट्रिय पिस म्याराथनको उपाधि अनिश थापा मगरले हात पारेका छन् । नेपाल ओलम्पिक कमिटी र चिनिया दूतावासको संयुक्त आयोजनामा सम्पन्न म्याराथनमा भारतीय सेनामा कार्यरत थापा मगर प्रथम भएका हुन् । मगरले दुई घण्टा २० मिनेट १८ सेकेण्डमा ४२ दशमलव १९ किलोमिटर पार गरे ।

थापा मगरले रु तीन लाख ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । यसैगरी नेपाली सेनामा कार्यरत सुशिलकुमार शाही दोस्रो भए । उनले उक्त दूरी दुई घण्टा २० मिनेट २५ सेकेण्डमा पूरा गरेर रु दुई लाख ५० हजार हात पारे ।

केन्याका धावक स्टेफेन कोस्गेई तेस्रो भए । उनले उक्त दूरी दुई घण्टा २० मिनेट ४७ सेकेण्डमा पूरा गरेर रु एक लाख ५० हजार पुरस्कार जिते ।

यसैगरी महिला सहभागीलाई आधा दूरीको म्याराथन गराइएको थियो । हाफ म्याराथनमा पनि नेपाली धावकले वर्चस्व जमाए । यसमा २१ किमी हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितिन् । उनले उक्त दूरी एक घण्टा २० मिनेट पाँच सकेण्डमा पूरा गर्दै रु एक लाख ५० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् । यस्तै, नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानेले दुई घण्टा २१ मिनेट ४९ सकेण्डमा उक्त दूरी पार गरेर दोस्रो भइन् । उनले रु एक लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् । यस्तै, चीनकै चेन विइले दुई घण्टा २६ समेण्डमा उक्त दूरी पार गरेर तेस्रो भई रु ८० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

म्याराथनमा पुरुषतर्फ १०औँ स्थानसम्म आउने र महिलातर्फ छैठौँ स्थानतर्फ आउनेलाई पुरस्कार दिइएको थियो ।

म्याराथन अँतर्गत पाँच किलोमिटरको खुल्ला दौड र पाँच किलोमिटरकै विद्यालयका छात्रछात्राको दौडसमेत आयोजना गरिएको नेपाल ओलम्पिक कमिटीका महासचिव राजिव श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ४३० भन्दा बढी सहभागी भएका थिए ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी र त्यस वरपर छरिएर रहेका बौद्ध सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ लुम्बिनीमा म्याराथनको आयोजना गरिएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ९ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको