१७ पुस २०८२, बिहिबार | January 1, 2026

एकिकृत समाजवादी रुपन्देहीको अध्यक्षमा हिराध्वज शाह निर्वाचित



बुटवल । नेकपा (एकिकृत समाजवादी) रूपन्देहीको अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत निर्वाचित भएका छन् । आईतबार सम्पन्न पार्टीको १० औं जिल्ला अधिवेशनले शाहको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

लामो राजनीतिको अनुभव सँगालेका शाहले आफूले नेकपा एकिकृत समाजवादीलाई रुपन्देहीमा सशक्त पार्टीका रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए । उनले सबै पक्षलाई मिलाएर पार्टी गतिविधिलाई अगाडि बढाउने समेत उनले बताए । अधिवेशनले उपाध्यक्षमा अविराम विश्वकर्मा, अर्का उपाध्यक्षमा मिरा श्रेष्ठ, सचिवमा टंक प्रसाद पोख्रेल निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष फर्सुराम घिमिरेले बताए । यसैगरी उप-सचिवमा रामबहादुर बस्नेत, बाबुराम अर्याल र शारदा पहारी चयन भएका छन् ।

विधानले तोके अनुसारको समावेशि सदस्यहरु सहित ६७ सदस्य सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ । निर्वाचितहरुलाई निर्वाचन मण्डलको उपस्थितीमा प्रमणपत्र प्रदान गरिएको छ ।

पोलिटब्यूरो सदस्य नन्दलाल बन्जाडेले अध्यक्षतामा गठन गरिएको अध्यक्ष मण्डलमा पाृलिटब्यूरो सदस्य अब्दुल हुसेन खाँन, केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, भगवती घिमिरे, उमा काफ्ले, लक्ष्मी भुसाल, बाबुलाल यादव रहेका थिए । शनिबार उद्घाटन गरिएको अधिवेशनको आईतबार बन्दसत्र भएको थियो । अधिवेशनको शनिबार नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले उद्घाटन गरेका थिए ।

 

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ८ : १५ बजे

सुनचाँदीको मूल्य बिहीबार पनि घट्यो

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु साझा दायित्व : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान

भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए

भोजपुर । मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुरमा आगामी निर्वाचनमा सहभागी

आज काठमाडौं उपत्यकामा यस वर्षकै न्यून तापक्रम

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर तापक्रम क्रमिक रूपमा घटिरहेको छ