४ पुस २०८२, शुक्रबार | December 19, 2025

अध्यक्ष नेपालद्वारा नेता कोइरालाको निधनप्रति दुःख प्रकट



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दिवङ्गत नेता अशोक कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै विद्यार्थी राजनीतिबाट मुलुकको राजनीति तथा कम्युनिष्ट आन्दोलनको विकास क्रममा कोइरालाले ठूलो योगदान पु¥याएको भन्दै स्मरण गरे ।

पार्टीका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सह—इञ्चार्जको जिम्मेवारीमा रहेका कोइरालाको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरिएको छ ।

सरल स्वभावका सादगी नेता कोइरालाको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताउँदै अध्यक्ष नेपालले पार्टीले उनको निष्ठा र आदर्शलाई अनुकरण गर्ने उल्लेख गरे । यसैबीच पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा श्रद्धाञ्जलीका निम्ति राखिएको कोइरालाको पार्थिव शरीरमा अध्यक्ष नेपालले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।

कार्यक्रममा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत शीर्ष नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली व्यक्त गरे । कोइरालाको मष्तिस्कघातका कारण उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा सोमबार निधन भएको थियो ।

बाँकेको कोहलपुर निवासी समाजवादीका पोलिटव्यूरो सदस्य समेत रहेका कोइरालाले जिल्ला इन्चार्जको जिम्मेवारी समेत वहन गरेका थिए । समाजवादीमा लाग्नु अघि विद्यार्थीकालबाटै कम्युनिष्ट आन्दोलनमा सक्रिय कोइरालाले नेकपा एमालेको विभिन्न तहमा नेतृत्व गर्दै जिल्ला अध्यक्षको जिम्मेवारी पनि बहन गरिसकेका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ९ : ४९ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा