२४ माघ २०८२, शनिबार | February 7, 2026

अध्यक्ष नेपालद्वारा नेता कोइरालाको निधनप्रति दुःख प्रकट



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दिवङ्गत नेता अशोक कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै विद्यार्थी राजनीतिबाट मुलुकको राजनीति तथा कम्युनिष्ट आन्दोलनको विकास क्रममा कोइरालाले ठूलो योगदान पु¥याएको भन्दै स्मरण गरे ।

पार्टीका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सह—इञ्चार्जको जिम्मेवारीमा रहेका कोइरालाको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरिएको छ ।

सरल स्वभावका सादगी नेता कोइरालाको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताउँदै अध्यक्ष नेपालले पार्टीले उनको निष्ठा र आदर्शलाई अनुकरण गर्ने उल्लेख गरे । यसैबीच पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा श्रद्धाञ्जलीका निम्ति राखिएको कोइरालाको पार्थिव शरीरमा अध्यक्ष नेपालले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।

कार्यक्रममा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत शीर्ष नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली व्यक्त गरे । कोइरालाको मष्तिस्कघातका कारण उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा सोमबार निधन भएको थियो ।

बाँकेको कोहलपुर निवासी समाजवादीका पोलिटव्यूरो सदस्य समेत रहेका कोइरालाले जिल्ला इन्चार्जको जिम्मेवारी समेत वहन गरेका थिए । समाजवादीमा लाग्नु अघि विद्यार्थीकालबाटै कम्युनिष्ट आन्दोलनमा सक्रिय कोइरालाले नेकपा एमालेको विभिन्न तहमा नेतृत्व गर्दै जिल्ला अध्यक्षको जिम्मेवारी पनि बहन गरिसकेका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ९ : ४९ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको