३ पुस २०८२, बिहिबार | December 18, 2025

रुपन्देहीबाट ३० हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ



बुटवल । नेपाल प्रहरीको रुपन्देहीस्थित प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत् प्रहरी नायब निरीक्षक (सई) घुस रकम सहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयको टोलीले (सई) खिमबहादुर खड्कालाई ३० हजार घुस रकमसहित बिहीबार पक्राउ गरेको हो।

सई खड्काले दुर्गौलिया नाका हुँदै भन्सार छलीको सामान ल्याउन सहजीकरण गरिदिने भन्दै घुस मागेको सूचना पाएपछि अख्तियारको टोली परिचालन भएको थियो।

टोलीले खड्कालाई ३० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा मायादेवी गाउँपालिका-६ बाट पक्राउ गरेको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए।

खड्कालाई अख्तियारले न्यायिक हिरासतमा राखेर अनुसन्धान थालेको पौडेलले बताए।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  ९ : २४ बजे

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा