१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

शुक्रबारदेखि नेपालगन्जमा पहिलो रोजगार मेला



नेपालगन्ज । बाँकेको नेपालगन्जमा शुक्रबारदेखि पहिलोपटक रोजगार मेला लाग्ने भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजना र बाँकेका ७ वटा स्थानीय सरकारको सहकार्यमा नेपालगन्जमा दुई दिने बाँके रोजगार मेला लाग्ने भएको हो ।

संघले बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै मेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष टंकबहादुर धामीले रोजगार मेलाले तत्काल र दीर्घकालीन रुपमा रोजगार सिर्जना गर्ने दाबी गरे । उनले मेला अवधिमा मात्र कम्तीमा १०० जनाले रोजगार पाउने दाबी गर्दै औद्योगिक प्रतिष्ठानको जनशक्तिको आवश्यकता अनुसार सीपमूलक तालिम दिएर दक्ष जनशक्तिलाई भविष्यमा रोजगारी दिइने बताए ।

उनले मेलाले थोरै भएपनि युवाको विदेश पलायनलाई रोक्ने र नेपालमा आइरहेका विदेशी श्रमिकलाई न्युनिकरण गर्ने अपेक्षा गरे ।

कार्यक्रममा संघका महासचिव तथा रोजगार मेला व्यवस्थापन समितिका संयोजक भीमबहादुर रानाभाटले बाँकेका सात वटा स्थानीय तहको आर्थिक सहयोगमा मेला आयोजना गरिएकाले स्थानीय तहका रोजगार शाखामा सूचीकृत व्यक्ति र प्रादेशिक महोत्सवमा सूचीकृत बेरोजगार ब्यक्ति सहभागी हुने जानकारी दिए ।

२ दिन संचालन हुने मेलामा ५ हजार सरोकारवाला अवलोकनकर्ता उपस्थित हुने आयोजकले अनुमान गरेको छ । ३५ वटा रोजगारदाता निकायको स्टल रहने मेलाका लागि १३ लाख बढी खर्च हुने संघले आँकलन गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  १० : १९ बजे

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४

मातृभाषामा शपथ खाने साँसदहरुको संख्या ६३ पुग्यो

काठमाडौं । संघीय संसद अन्तर्गत नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु मध्य ६३