२९ मंसिर २०८२, सोमबार | December 15, 2025

शुक्रबारदेखि नेपालगन्जमा पहिलो रोजगार मेला



नेपालगन्ज । बाँकेको नेपालगन्जमा शुक्रबारदेखि पहिलोपटक रोजगार मेला लाग्ने भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजना र बाँकेका ७ वटा स्थानीय सरकारको सहकार्यमा नेपालगन्जमा दुई दिने बाँके रोजगार मेला लाग्ने भएको हो ।

संघले बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै मेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष टंकबहादुर धामीले रोजगार मेलाले तत्काल र दीर्घकालीन रुपमा रोजगार सिर्जना गर्ने दाबी गरे । उनले मेला अवधिमा मात्र कम्तीमा १०० जनाले रोजगार पाउने दाबी गर्दै औद्योगिक प्रतिष्ठानको जनशक्तिको आवश्यकता अनुसार सीपमूलक तालिम दिएर दक्ष जनशक्तिलाई भविष्यमा रोजगारी दिइने बताए ।

उनले मेलाले थोरै भएपनि युवाको विदेश पलायनलाई रोक्ने र नेपालमा आइरहेका विदेशी श्रमिकलाई न्युनिकरण गर्ने अपेक्षा गरे ।

कार्यक्रममा संघका महासचिव तथा रोजगार मेला व्यवस्थापन समितिका संयोजक भीमबहादुर रानाभाटले बाँकेका सात वटा स्थानीय तहको आर्थिक सहयोगमा मेला आयोजना गरिएकाले स्थानीय तहका रोजगार शाखामा सूचीकृत व्यक्ति र प्रादेशिक महोत्सवमा सूचीकृत बेरोजगार ब्यक्ति सहभागी हुने जानकारी दिए ।

२ दिन संचालन हुने मेलामा ५ हजार सरोकारवाला अवलोकनकर्ता उपस्थित हुने आयोजकले अनुमान गरेको छ । ३५ वटा रोजगारदाता निकायको स्टल रहने मेलाका लागि १३ लाख बढी खर्च हुने संघले आँकलन गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  १० : १९ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष