२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेपालगन्जमा पहिलो बाँके रोजगार मेला, ३ सय बढी बेरोजगारले भरे फारम



नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक बाँके रोजगार मेला सुरु भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संको आयोजना र, बाँकेले जिल्लाका ७ वटा स्थानीय तहसँगको सहकार्यमा शुक्रबारदेखि नेपालगन्जमा आयोजना गरिएको दुई दिने बाँके रोजगार मेलाको नेपालगन्ज उपमहानगरपाालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरे ।

उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले मेलाबाट बरोजगारले राजगार पाउने र रोजगारदाताले दक्ष जनशक्ति पाउने अपेक्षा गरे ।

संघका अध्यक्ष टंकबहादुर धामी बाँके रोजगार मेलाबाट रोजगारदातालाई आवश्यक पर्ने जनशक्तिको पहिचान गरी आगामी दिनमा जिल्लाका उद्योग प्रतिष्ठानलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गरी बेरोजगारीको समस्यामा अभियान सञ्चालन गर्ने बताए ।

संघका रोजगार मेला व्यवस्थापन समितिका संयोजक भीमबहादुर रानाभाटका अनुसार, शुक्रबार जिल्लाका गाउँगाउँबाट आएका करिब ६ सय बेरोजगारहरुले रोजगारीका लागि निवेदन दिएका थिए । आयोजकले रोेजगार खोज्ने झन्डै तीन सय जनालाई फारम भर्न लगाएर रोेजगारदाताका ४० वटा स्टलमा पठाएका थिए । रोेजगारदाताको स्टलमा पनि झन्डै तीन सय जनाले फर्म भरेका थिए ।

मेलामा जिल्लाका ८ वटै स्थानीय तहका गाउँ र टोलबाट बेरोजगारहरुको उपस्थिची रहेको थियो । स्थानीय तहमा सूचीकृत बेरोजगारहरुलाई मेलामा सहभागी गराइएको थियो ।

शुक्रबार उद्योगका विषयमा प्यानल संवाद गरिएकोे थियो भने शनिबार कृषि र जडिबुटी तथा पर्यटनको विषयमा संवाद हुनेछ । संवाद लगत्तै रोजगारदाता र रोजगारको खोजीमा रहेका ब्यक्तिबीच अन्तर संवाद हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक तुफान, उपाध्यक्ष मञ्जु मल्ल, संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले मेलाको सफलताको कामना गरेका थिए ।

संघले रोजगार मेलामा फर्म भरेका ब्यक्तिको सीप, क्षमता र दक्षताको विश्लेषण गरी जिल्लाका उद्योग तथा औद्योगिक प्रतिष्ठानमा आवश्यक पर्ने जनशक्ति तयार गर्ने योजना रहेको मेला संयोजक रानाभाटले बताए। उद्देश्य प्राप्तिका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग आगामी दिनमा सहकार्य गर्ने संघको योजना रहेको उनले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १० : ३२ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ