४ पुस २०८२, शुक्रबार | December 19, 2025

पत्रकार महासंघको ७० औँ स्थापना दिवस, देशभर विरोधसभा गरी मनाउँदै



बुटवल । नेपाल पत्रकार महासंघको आज ७० औँ स्थापना दिवस । २०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो । २०५३ जेठ २९ मा संघ स्थापना भएको दिनलाई आधार मान्दै महासंघले चैत १६ गते स्थापना दिवस मनाउँदै आएको छ ।

यस वर्षको स्थापना दिवसमा महासंघले तय गरेका सम्पूर्ण कार्यक्रम स्थगित गरी देशभर शोकसभा तथा विभिन्न विरोधका कार्यक्रमसहित मनाउँदै छ । यसैबीच स्थापना दिवसको अवसरमा रुपन्देहीमा यसअघि तय गरिएका कार्यक्रम स्थगित गरेर विरोध सभा आयोजना गरिएको छ ।

काठमाडौंमा शुक्रबार राजावादीहरुको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको मृत्युपछि महासंघले देशभर शोक तथा विरोधसभा गरेर स्थापना दिवस मनाउने भएको हो । राजावादी प्रदर्शनकारीहरुले आन्दोलनका क्रममा एक घरमा ढुङ्गामुडढा तथा आगजनी गरेका थिए भने सोही घरको ४ तलामाथिबाट भिडियो खिचिरहेका पत्रकार रजक उक्त आगोमा परी ज्यान गुमाएका थिए । उनी एभिन्युज टेलिभिजनमा फोटो पत्रकारको रुपमा कार्यरत थिए ।

यसैबीच महासंघ रुपन्देही शाखाले पनि आज विहान ११ बजे बिरोधसभाको आयोजना गरेको छ । संघले यसअघि तय गरेको मिडियाकप फुटसल स्थगित गरी विरोधसभाको आयोजनागरी स्थापना दिवस मनाउने भएको हो । यसअघि तय गरिएको फुटसल प्रतियोगिता भने आइतबारदेखि सञ्चालन गरिने अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ९ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको