१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

नेपालममा महिला फुटबलको स्तर बढ्दै गएको छ : कप्तान एन्जिला तुम्बापो



नेपालगन्ज । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सुरुआत हुुनु खुसीको कुरा भएको बताएकी छन् । लुम्बिनी कप अन्तराष्ट्रिय महिला फुटबल सचिवालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एन्जिलाले नेपालगन्जमा महिला फुटबल हुनु खुसीको कुरा भएको बताएकी हुन् ।

उनले प्रतियोगिताले धेरै महिला खेलाडीलाई खेल्ने अवसर दिने अपेक्षा गर्दै महिलाको प्रतियोगिता नेपालमा धेरै कम हुने गरेको गुनासो गरिन् । यस्तो अवस्थामा महिला फुटबल हुनु सुखद कुरा हो । प्रतियोगिता सफलताको कामना गर्दछु ।’ उनले भनिन् ।

खेलकुदको क्षेत्रमा धेरै जनाले निराशाजनक कुरा गर्ने गरेको बताउँदै कप्तान एन्जिलाले आफनो लक्ष्य अनुसारको काम गर्न सक्नु पर्ने बताइन् । उनले भनिन्, ‘फुटबल क्षेत्रमा पनि धेरै अभाव होला । तर मैले मेरो रुचीले फुटबल खेलेको हुँ । यसमा मैले जतिसक्यो राम्रो गर्ने प्रयास गर्ने हो । नतिजा भोली जे पनि हुन सक्छ, सकारात्मक भएर आफनो लक्ष्य अनुसार काम गर्नु पर्छ ।’

नेपाली राष्ट्रिय महिला फुटबल टीमकी कप्तान अन्जिलाले नेपालममा महिला फुटबलको स्तर बढ्दै गएको पनि बताइन् । उनले नेपालमा महिला फुटबललाई व्यवस्थित गर्न थुपै्र चुनौति भएपनि अहिले प्राप्त अवसरवाट खेलाडीहरुले कडा मिहिनत र संघर्षबाट फाइदा लिन सक्नु पर्ने बताइन् ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले आयोजना गर्ने लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलकी सद्भाव दुतसमेत रहेकी कप्तान एन्जिलाले भनिन्,‘महिला फुटबलवाट अन्तर्राष्ट्रियस्तरको नतिजा चाहिएको हो भने राज्यका तर्पmवाट लगानी जरुरी छ । किनभने लगानी नगरेरै राम्रो प्रतिफल प्राप्त गर्न सकिदैन् भन्ने कुरा हामी सबैले बुझनु पर्छ ।’ नेपालगन्जमा राष्ट्रियस्तरको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुन लागेकोमा खुशी व्यक्त गर्दै कप्तान सुब्बाले महिला फुटबलका खेल प्रतियोगिताहरु भैरहनु पर्ने बताइन् । पत्रकारहरुको प्रश्नको जवाफ दिँदै आफु आगामी दिनमा पुनः फिल्म नखेल्ने स्पष्ट पारिन् ।

आफनो जीवनीमा आधारित फिल्म ‘एन्जिला’को प्रमोसन गर्न नेपालगन्ज आएकी एन्जिलाले बुधबार यहाँका महिला खेलाडीहरु भेटेकी थिइन् । कप्तान एन्जिला लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको सद्भावना दुत हुन् । केहि दिन अघि एन्जिला र राष्ट्रिय महिला फुटबल टिमको पहिलो कप्तान रमा सिंहले दशरथ रंगशालामा लुम्बिनी कपको लोगो सार्वजनिक गरेका थिए ।
लुम्बिनी कप फुटबलको आयोजनामा सद्भावना दुतको रुपमा रहेर एन्जिलाले नेपाली महिला फुटबलको विकासमा महत्वपुर्ण योगदान गरेको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए ।

एन्जिलाले बुधबार नेपालगन्ज रंगशालाको भ्रमण गर्दै यहाँका महिला खेलाडी र खेलकर्मीसँग पनि भेट्घाट गरेकी थिइन् । उनले लुम्बिनी कप अन्तराष्ट्रिय महिला फुटबल सचिवालयको पनि निरीक्षण गरिन् । कार्यक्रममा उनलाई बाँकेका महिला फुटबल खेलाडी र पदाधिकारीले स्वागत गरेका थिए ।

बुधबार नेपालगन्ज रंगशालाको भ्रमणका क्रममा एन्जिलाले नेपालगन्जमा महिला फुटबलको बारेमा बुझने प्रयास गरेको लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलका प्रचार–प्रसार संयोजक निरज गौतमले बताए ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ९ : ४९ बजे

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

बुटवल । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको

निर्वाचनमा खटिने कर्मचारीले कस्तो आचरण पालना गर्नुपर्छ ?

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था

मतदाताहरु मतदान गर्न ‘पहाडघर’ फर्केपछि सुनसान बन्दै बुटवल (फोटोफिचर)

बुटवल । निर्वाचनको दिन नजिकिएसँगै पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र