१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

पहिलो खेलमा अफगानिस्तानसँग नेपाल पराजित



काठमाडौं । अफगानिस्तानसँग नेपाल पराजित भएको छ । नेपाली युवा टोलीले एकदिवसीय शृंखलाको पहिलो खेलमा अफगानिस्तान यु-१९ टोलीसँग १३० रनले पराजय भएको हो ।

यस जितसँगै अफगानिस्तानले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । बिहीबार मुलपानी किकेट मैदानमा अफगानिस्तानले प्रस्तुत गरेको ३०१ रनको लक्ष्य पछ्याएको नेपाल ४६।२ ओभरमा १७० रन मात्र बनाउन सफल भएको थियो ।

नेपालका लागि निरजकुमार यादवले ६१ बलमा ४ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरेका थिए भने सन्तोष यादव र अशोक धामीले समान २४, अभिषेक तिवारीले १७, कप्तान नरेन भट्टले १३ र सिब्रिन श्रेष्ठले ११ रनमात्रै बनाउन सफल भए ।

अफगानिस्तका लागि वाहिदउल्लाह जाद्रन, जियातउल्लाह शहिन र कप्तान महबुब खानले समान दुई तथा अब्दुल अजिज खान र नोरिस्तानी ओमरजाईले समान एक विकेट लिएर नेपाललाइ पहिलो खेलमा पराजित गरे ।

त्यस अघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभमा ९ विकेट गुमाउँदै ३०० रनको योगफल तयार पारेको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहिबार  ५ : १३ बजे

निर्वाचनमा खटिने कर्मचारीले कस्तो आचरण पालना गर्नुपर्छ ?

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था

मतदाताहरु मतदान गर्न ‘पहाडघर’ फर्केपछि सुनसान बन्दै बुटवल (फोटोफिचर)

बुटवल । निर्वाचनको दिन नजिकिएसँगै पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ

ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी नियन्त्रणमा

पुल्चोकस्थित दाउरा थकालीमा आगलागी, नियन्त्रण प्रयास जारी

काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी भएको