३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

वर्तमान व्यवस्थामाथिको हमला स्वीकार्य छैन : भौतिकमन्त्री ढकाल



बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले संविधानले आफ्ना असहमतिका कुरा संवैधानिक ढंगले राख्न दिएको अधिकारको दुरुपयोग गरि संविधान र वर्तमान व्यवस्थामाथि भैरहेको हमलालाई लोकतान्त्रीक शक्तिहरुले स्वीकार्न नसक्ने बताएका छन ।

मन्त्री ढकालले जनताको लामो लडाईबाट प्राप्त अधिकार खोस्न जुन प्रकारको अराजक र नकारात्मक राजनीतिको आडमा जनतालाई आंतकित पार्ने गरि भैरहेका गतिविधिलाई राज्यले नियन्त्रणमा लिएर कानुनी कारवाहि गर्ने प्रतिवद्धता व्यक्त गरे ।
रुपन्देही व्यापार संघले मंगलबार बुटवलमा आयोजना गरेको नव वर्ष २०८२ को शुभकामना आदानप्रदान, क्यालेन्डर तथा बुलेटिन विमोचन कार्यक्रममा बोल्दै मन्त्री ढकालले २०८१ साल नेपाली जनता तथा आम उद्योगी व्यवसायीहरुका लागि सोचेंको जस्तो सहज हुन नसकेको बताउदै आगामी वर्षलाई समृद्धि र कार्यान्वयनको बर्षका रुपमा बनाउन लाग्ने धारणा व्यक्त गरे ।

उनले राजनीतिक रुपमा देखिएका केहि दक्षिणपन्थी बाछिटाहरुले मुलुकमा अराजक र अस्थिरताको स्थिती पैदा गरेको बताउदै त्यसको सामना गर्न र सरकारले ल्याएका अध्यादेशले इंगित गरेका विषयलाई कार्यान्वन गर्ने काममा प्रतिवद्ध भएर लाग्न उत्साहा थप्ने विश्वास व्यक्त गरे । मन्त्री ढकालले अर्थतन्त्रको विकास र व्यवसायीक मैत्री वातावरण बनाउन सरकारले उद्योगी व्यवसायीहरुको भावना अनुसार विद्येयकहरु ल्याएको स्मरण गराउदै जनतामा रहेको निराशालाई अराजक समुहले भड्काउको राजनीतिक एजेन्डा बनाएको भन्दै कडा शब्दमा निन्दा गरे ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले वितेको वर्षबाबट शिक्षा लिदै नयाँ वर्षमा नयाँ ढंगले काम गर्ने प्रेरणा सबैमा आउने विश्वास व्यक्त गरे । उनले नेपालको अर्थतन्त्रमा देखिएको शिथिलताले व्यवसायबाट पलायन हुने अवस्था बढेकोतर्फ राज्यले ध्यान पु¥याउनु पर्ने सुझाव दिए ।

संघका अध्यक्ष दिपक अधिकारीको अध्यक्षता, महासचिव फर्सुराम पन्थको सञ्चालन तथा सचिव मनहरी बस्यालको स्वागतमा भएको कार्यक्रममा संघका पूर्व अध्यक्षहरु टंकप्रसाद पोखरेल, मोतिलाल पाण्डे, नेपाल औषधि व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, बुटवल उपमहानगर पालिका वडा नं. ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल, संघका सल्लाहाकार माधव नेपाल, जोगलाल विक लगायत बोल्दै नयाँ वर्षले सबैमा सुख शान्ति प्रदान गर्दै व्यवसायीक रुपमा देखापरिरहेका अप्ठ्याराहरुको सामना गर्दै व्यवसाय चलायमान बन्ने विश्वास व्यक्त गरेका छन् ।

सो अवसरमा संघले प्रकाशन गरेको नयाँ वर्ष २०८२ सालको क्यालेण्डर तथा बुलेटिन कार्यक्रमका प्रमुख अथिति लुम्विनी प्रदेशका भौतिक योजना मन्त्री भूमिश्वर ढकालले विमोचन गरेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ७ : २५ बजे

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौँ । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको