२० मंसिर २०८२, शनिबार | December 7, 2025

कतारमाथि नेपालको सहज जित



काठमाडौं । हङकङमा आजबाट सुरु भएको चारदेशीय टी-२० आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको हो ।

कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा पुरा गरेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले १९ बलमा ३८ रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे । आसिफ शेखले २१ बलमा ४ छक्कासहित ३३ रनको योगदान दिए ।

कप्तान रोहित २९ बलमा २ चौका र १ छक्कासहित २७ रनमा नटआउट रहे । भने बसीर अहमतले ३३ बलमा २ चौकासहित नटआउट ३० रन जोडे । कतारले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५१ रन जोडेको थियो । कतारका लागि कप्तान इक्रमउल्लाह खानले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ५२ बलमा अर्धशतक पूरा गरेका थिए ।

नेपालका लागि करण केसी, ललित राजवंशी, सोमपाल कामी, नन्दन यादव र गुलशन झाले १-१ विकेट लिएका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १२ : ०९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल