१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

कतारमाथि नेपालको सहज जित



काठमाडौं । हङकङमा आजबाट सुरु भएको चारदेशीय टी-२० आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको हो ।

कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा पुरा गरेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले १९ बलमा ३८ रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे । आसिफ शेखले २१ बलमा ४ छक्कासहित ३३ रनको योगदान दिए ।

कप्तान रोहित २९ बलमा २ चौका र १ छक्कासहित २७ रनमा नटआउट रहे । भने बसीर अहमतले ३३ बलमा २ चौकासहित नटआउट ३० रन जोडे । कतारले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५१ रन जोडेको थियो । कतारका लागि कप्तान इक्रमउल्लाह खानले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ५२ बलमा अर्धशतक पूरा गरेका थिए ।

नेपालका लागि करण केसी, ललित राजवंशी, सोमपाल कामी, नन्दन यादव र गुलशन झाले १-१ विकेट लिएका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १२ : ०९ बजे

पुल्चोकस्थित दाउरा थकालीमा आगलागी, नियन्त्रण प्रयास जारी

काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी भएको

३८ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२

अमेरिका-इजरायल आक्रमणबाट इरानमा हालसम्म ७८७ जनाको मृत्यु

अमेरिका र इजरायलले इरान विरुद्ध युद्ध सुरु गरेदेखि अहिलेसम्म ७८७

बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा