१० चैत्र २०८२, मंगलबार | March 24, 2026

नक्कली लाइसेन्स बनाउने यातायात बाँकेका कर्मचारी पक्राउ

मासिक तीन करोड बढी रकम संकलन गर्ने गरेको आरोप



काठमाडौं । बाँके स्थित यातायात कार्यालय नेपालगञ्जबाट नक्कली लाइसेन्स वितरण गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा उक्त कार्यालयमा कार्यरत् कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टरका प्रोप्राइटर शरदकुमार गोराथोकी रहेका छन्।

उनीहरूलाई बाँके जिल्लाका विभिन्न स्थानबाट बुधबार पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए।

टंगालस्थित अख्तियारको मुख्य कार्यालय, बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रवक्ता पौडेलले बताए।

यातायात व्यवस्था कार्यालय नेपालगञ्जका कर्मचारीहरुले नक्कली सवारी चालक अनुमति पत्र वितरण गरी मासिक तीन करोड भन्दाबढी रकम संकलन गर्ने गरेको सूचना तथा उजुरीको आधारमा टोली खटिएको थियो।

टोलीले विद्युतीय उपकरणसहित उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको पौडेलले बताए।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ८ : २७ बजे

सुनको मूल्य आजपनि घट्यो, चाँदीमा भने सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ।

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई

महिलाको हत्या अभियोगमा किशोर पक्राउ

भैरहवा । शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको