२० मंसिर २०८२, शनिबार | December 7, 2025

चारदेशीय टी-२० आई सिरिज : नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दै



काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० आई सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज कुवेतको सामना गरिरहेको छ । हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा भै रहेको यो खेल नेपाली समयानुसार बिहान ६ः४५ बजे सुरु सुरु भएको हो ।

यो चारदेशीय टी-२० आई सिरिजको तेस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो । बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।

यस्तै, सिरिजको दोस्रो खेलमा बुधबार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको छ । आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । यस्तै, आज नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन् । यो खेल नेपाली समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  ७ : २४ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल