४ पुस २०८२, शुक्रबार | December 20, 2025

निर्मल निवासमा बस्दा त यस्तो उत्पात मच्चाउनेले नारायणहिटीमा नै भए के सम्म गर्थे होलान ? : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजा बिरेन्द्रको पारिवारिक बंशनाश हुदाँ १३ दिन कपाल खोरिएर शोक मनाएको जनाएका छन् । माता पीता जिउँदै रहदाँ पनि कहिल्यै कपाल नखौरेको बेला आफुले कपाल खौरेर बिरेन्द्रको बंशनाशमा शोक मनाएको जनाउँदै थापाले शितल निवासमा बसेर उत्पात मच्चाउने काम भएको जनाएका हुन् ।

‘राजा बिरेन्द्रको बंशनाश हुदाँ १३ दिन कपाल खौरिने मै हुँ, जुन बेला गिरिजाबाबुले ढुंगामुढा खाइरहनु भएको थियो, राजसंस्था प्रति त्यस्तो सम्मान थियो’ थापाले भने, ‘तर, अहिले शितल निवासमा हुदाँ त काठमाडौंमा यत्रो उत्पात मच्चाउने काम भएको छ, नारायणहिटीमा नै भएको भए त के हुन्थ्यो, कल्पना गर्नु त ।’

नेपाली कांग्रेसले संबैधानिक राजसंस्था प्रति सदैव सम्मान गरेको तर राजाहरूलाइ नपचेको उनले जनाएका छन । ‘बिपी कोइराला माथी राजद्रोहसहित ७-७ मुद्दा लाग्दा पनि बोकेर हिडनु भयो, गिरिजाबाबुले ढुंगामुढा खाँदा पनि संबैधानिक राजसंस्था भन्नु भयो तर राजाले के गरे त भने उल्टै कांग्रेसलाइ नै दुःख दिने काम गरयो ।’

उनले राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको भन्दै नेता मन नपरे परिवर्तन गर्न सकिने ५ बर्षे ब्यवस्था छ, सोही ब्यवस्थामा टेकेर असल नेताहरू छान्ने कामतर्फ लाग्यौं । ‘कतिसम्म राजाको विरुद्ध किताव लेख्ने मेरै क्षेत्रका नवराज सुबेदीलाई उचालेर राजाले उपद्रो मच्चाउन लगाए, योवाटै बुझिन्छ कि राजतन्त्र फर्कियो भने के हुन्छ ?’ उनको प्रश्न थियो ।

गणतन्त्रको विकल्प नभएको भन्दै सबैलाई सामाजिक सञ्जालवाट भए पनि जनचेतना जगाउन उनले आग्रहसमेत गरेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  १ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको