२८ कार्तिक २०८२, शुक्रबार | November 14, 2025

पदाधिकारी बैठकमा गगन थापाले राखे नियमित महाधिवेशनको प्रस्ताव



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन्।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्री थापाले उक्त प्रस्ताव अघि सारेका हुन्।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पूर्वमहामन्त्री शशांक कोइरालाले थापाको प्रस्तावबारे जानकारी दिँदै भने, “बैठकमा महामन्त्री गगन थापाले नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेश गर्नुभएको छ।”

भदौ २३२४ मा भएको जेनजी आन्दोलनपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा नेतृत्व परिवर्तनको विषयलाई जोडतोडका साथ उठाउँदै आएका छन् । महामन्त्रीद्वयले पार्टीको यसअघिको अधिवेशनको चार वर्षे कार्यकाल मंसिरमै पूरा हुने भएकाले यही अवधिभित्र नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन्। नेपाली कांग्रेसको १४औं महाधिवेशन २०७८ साल मंसिर महिनामा भएको थियो।

सानेपामा जारी बैठकमा असोज २६ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकको कार्यसूचीबारे पनि छलफल भइरहेको बताइएको छ।

आजको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा भने सहभागी भएनन् । तर, देउवा केन्द्रीय कार्यसमितिको बैठकमा भने सहभागी हुने बताइएको छ । जेनजी आन्दोलनको क्रममा देउवा दम्पत्तिमाथि आन्दोलनकारीले सांघातिक आक्रमण गरेका थिए । त्यसपछि लामो समय उनीहरु उपचार गरेर निको भएपछि हालैमात्र नयाँ डेरामा बस्न थालेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ४ : ४६ बजे

स्वदेश फर्किए देउवा दम्पती

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती सिंगापुरबाट काठमाडौँ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या, मकवानपुरमा गोली हानी पुजारीको हत्या

धनुषा । मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको

मतदाता नामावली दर्ता गर्ने म्याद मंसिर ५ गतेसम्मका लागि थपियो

काठमाडौं । मतदाता नामावली दर्ता गर्नेहरुको भीड दिनप्रतिदिन बढ्न थालेपछि

अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै