१३ पुस २०८२, आइतबार | December 28, 2025

विशेषको फैसला विरुद्ध आयोग सर्वोच्चमा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको भन्दै मङ्गलबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगले साविक प्रदेश नम्बर ५ (लुम्बिनी प्रदेश) को कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीविरुद्ध ४३ लाख ३७ हजार पाँच सय रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

आर्थिक वर्ष २०७५-७६ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार कृषि विकास कार्यक्रमतर्फ कृषि यान्त्रिकरण कार्यक्रम सञ्चालनका लागि सम्झौता पत्रमा उल्लेख भए बमोजिम मिनिटिलर खरिद नगरी कम गुणस्तरको खरिद गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेष अदालतले २०८० चैत १९ गते फैसला गरेको थियो ।

यस्तै, आयोगले तत्कालीन प्रदेश सचिव अधिकारी समेतका प्रतिवादी र सामान आपूर्तिकर्ता विरुद्ध एक करोड ३१ लाख ६० हजार बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

विशेषले सो मुद्दामा २०८१ वैशाख ३१ गते फैसला गरेको थियो । उक्त फैसला चित्त नबुझेको भन्दै आयोगले सर्वोच्चमा पुनरावेदन गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ७ : ४३ बजे

निर्वाचन आचारसंहिता २०८२ स्वीकृत, माघको पहिलो साताबाट कार्यान्वयनमा आउने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ लाई स्वीकृत गरेको

जसपा र लोसपाबीच पार्टी एकताको समझदारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

एमाले सचिवालय बैठक : समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न फागुन २१

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

बिरामी भएर बिस्तरामा दिसापिसाव गरेको भन्दै भाई र बहिनीले गरे दाईको कुटीकुटी हत्या

बुटवल । बिरामी भएर बिस्तरामै दिसापिसाव गरेको भन्दै भाई र