१५ चैत्र २०८२, आइतबार | March 29, 2026

तराई-मधेश जागरण अभियानअन्तर्गत कपिलवस्तुका गाउँ पुगे प्रचण्ड



कपिलवस्तु । तराई मधेश जागरणअभियानअन्तर्गत पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कपिलवस्तुका विभिन्न भागको भ्रमण गरिरहेका छन् ।

प्रचण्डले आज बिहान कपिलवस्तुको शुद्धोधन गाउँपालिका–४ मा अवस्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय (प्रस्तावित कन्या कलेज) पुगेका छन् । उनले विद्यार्थी, अभिभावक तथा स्थानीयबासीसँग अन्तरक्रिया गर्दै विद्यालयको अवस्थाबारे जानकारी लिएका छन् ।

हाल कक्षा १२ सम्म मात्र पठनपाठन हुने यस विद्यालयमा भविष्यमा स्नातक तह अध्ययनको व्यवस्था मिलाउने योजना रहेको छ। साथै छात्राहरूको विद्यालय आवागमन सहज बनाउन कलेज बसको आवश्यकता रहेको विषयमा पनि छलफल भएको थियो।

अध्यक्ष प्रचण्डले यस विद्यालयलाई एक वास्तविक कलेजको रूपमा सञ्चालन गर्दै सामाजिक समावेशीता र लैङ्गिक समानताको नमुना केन्द्रको रूपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए । साथै उनले बसको व्यवस्थाका लागि आवश्यक पहल गर्ने बताए ।
त्यसअवसरमा माओवादी केन्द्र लुम्बिनी प्रदेशका इञ्चार्ज बलदेव खनालले पनि स्थानीय विषयबारे सम्बोधन गरेका थिए।

मुस्लिम, थारू र मधेसी समुदायका छात्राहरूलाई लक्षित यो कलेज कपिलवस्तुको दक्षिणी भेगमा अवस्थित छ। महिला हिंसा र सामाजिक सुरक्षाको डरका कारण शिक्षाबाट वञ्चित हुँदै आएका छात्राहरूका लागि यो कलेज महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ।

 

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ११ : ०७ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको