२५ पुस २०८२, शुक्रबार | January 10, 2026

वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ



चितवन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदीको विगत १० वर्षदेखि सरसफाइ गरिँदै आएको छ । अभियान्ताहरूले स्वतस्फूर्त रूपमा नदी र आसपासका क्षेत्रमा मुख्यरूपमा प्लास्टिकजन्य वस्तु सङ्कलन गर्दै आएका हुन् ।

राप्ती सरसफाइ अभियानका संस्थापक अध्यक्ष अपिल घिमिरेका अनुसार विसं २०७२ माघ २३ गतेदेखि हरेक हप्ताको शनिबार बिहान ८ बजे यो अभियान गर्ने गरिएको छ । नदीको मुहान मकवानपुरको त्रिखण्डीदेखि चितवनको मेघौलीस्थित गोलाघाटसम्म सरसफाइ गरिँदै आएको छ ।

नदीमा रहेका जलचर र निकुञ्जमा वन्यजन्तु प्लास्टिकबाट प्रभावित हुने भएकाले उनीहरूलाई जोगाउनु मुख्य उद्देश्य रहेको घिमिरेले बताए। स्थानीय जनतालाई सहभागी गराएर ५० देखि १०० जनासम्म प्रत्येक हप्ता सहभागी हुने गरेका छन् । पचास जना हाराहारी नियमित अभियानमा जुट्ने अभियान्ता रहेको उहाँले जानकारी दिए ।

हालसम्म ५०० पटक २२ हजार स्वयंसेवकले सरसफाइ अभियानमा सहभागी भइसकेका छन् । नदीको विभिन्न ठाउँमा पुगेर सोही ठाउँका स्थानीयवासी, जनप्रतिनिधिलाई सहभागी गराएर सरसफाइ गरिँदै आएको घिमिरेले बताए ।

हालसम्म अभियानमा वनमन्त्री, पर्यटनमन्त्री, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, विभिन्न पालिकाका प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधि सहभागी भइसकेका छन् । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेना पनि अभियानमा सहभागी हुने गरेका छन् ।

दिवस परेका बेला दाताहरूसँग ग्लोब्स, डस्बिन, कुचो, बोरा, डोको, मास्क जुटाउने गरिएको भए पनि अन्य समयमा आफैँ सरसफाइ सामग्री लिएर अभियान सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । नदी र आसपासका क्षेत्रमा छरिएका प्लास्टिक वन्यजन्तुले घाँससँगै खाने र स्वास्थ्यमा प्रतिकूल असर पर्ने गर्दछ भने जालजस्ता वस्तुमा परेर कतिपय वन्यजन्तु र जलचर मर्ने समेत गरेका छन् । अभियानका क्रममा प्लास्टिक सङ्कलन र व्यवस्थापनसँगै स्थानीयलाई संरक्षण शिक्षा दिइँदै आइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ११ : १९ बजे

उपरदाङ्गढीमा कोतघर निर्माण गरी सङ्ग्रहालय

चितवन । चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा रहेको गढीमा कोतघर निर्माण

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा । मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

विशेष महाधिवेशनमा फरकफरक छ स्थानबाट जुलुस प्रदर्शन हुने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौँ । नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज

कांग्रेस बाँकेमा विज्ञप्तिको दोहोरी

नेपालगन्ज । नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको मागका आधारमा