१३ भदौ २०८३, शनिबार | August 29, 2026

शिक्षामन्त्री र शिक्षक महासंघबीच आज २ बजे पुनः वार्ता हुँदै



काठमाडौँ । शिक्षामन्त्री र शिक्षकहरूबीच आज दिउसो पुनः वार्ता हुँदैछ। दिउसो २ बजे शिक्षा मन्त्रालयमा वार्ता हुने भएको हो ।

हिजो रातिसम्म चलेको वार्तामा उठेका सकारात्मक बुँदाहरुलाई अन्तिम रुप दिन आज छलफल हुने बताइएको छ । हिजो राती निस्कर्षमा पुग्न नसकेका बुँदाहरुलाई आज पुनः छलफल गर्दै वार्तालाई अन्तिम रूप दिन आज दिउसो वार्ता हुन लागेको नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले जानकारी दिए। थापाले वार्ता सकारात्मक दिशामा अगाडि बढेको बताएपनि शिक्षक महासंघ आवद्ध अन्य नेताहरुले भने निस्कर्षमा पुग्न सरकार तयार नदेखिएको बताएका छन् ।

मागहरुलाई बुँदागत एजेण्डा बनाउँदै पछिल्लो वार्तामा महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको थियो । ती मागहरू पुरा गर्न नेपाल सरकारले मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्नुपर्ने भएपनि वार्तामा सहभागी शिक्षा मन्त्री रघुजी पन्तले अत्य विकल्पका बारेमा प्रस्ताव गरेको शिक्षक महासंघ स्रोतले जनाएको छ।

शिक्षकहरुको ९ बुँदामा समेटिएको मागहरूमा सबै शिक्षक कर्मचारीको स्वास्थ्य उपचारका लागि सातवटै प्रादेशिक अस्पताल र काठमाडौँस्थित निजामती अस्पतालमा सहुलियत र सुविधाको व्यवस्था गर्ने, राहत, अस्थायी र करार, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार र विशेष शिक्षा, बालविकास सहजकर्ता लगायत सबै अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित हुने र त्यो बापतको रकम अवकाशको बखत एकमुष्ट प्रदान गर्ने रहेको छ।

त्यस्तै प्रारम्भिक बाल विकास सहजकर्ता (बालविकास शिक्षक) र विद्यालय कर्मचारीको लागि खरिदार सरह दरबन्दी कायम गर्ने सो पदबमोजिम (प्रति महिना ३२,९०२) तलब उपलब्ध गराउने । त्यसैगरी विद्यालय सहयोगीको हकमा श्रेणीविहीन कर्मचारी सरह प्रति महिना रकम रु २६,०८२ उपलब्ध गराउने र सो रकम सङ्घीय सरकारले व्यहोर्ने व्यवस्था गर्नुपर्ने महासंघको प्रस्ताव छ।

शिक्षक महासंघको अन्य मागहरुमा आर्थिक वर्ष २०८२–८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीयका लागि खरदार सरह (१० ग्रेड), प्राथमिक द्वितीय र निम्न माध्यमिक तृतीयको नायब सुब्बासरह (१० ग्रेड) र माध्यमिक प्रथमको सहसचिव सरह (७ ग्रेड) ग्रेड सङ्ख्या कायम गर्नुपर्ने लगायतका माग छन्।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू गत चैत २० गतदेखि आन्दोलन गर्दै आएका छन्। उनीहरूले चैत २५ गतेदेखि शैक्षिक हडताल समेत गरेका छन्।

सरकारसँग सहमति भएमा आन्दोलनको स्वरूप परिवर्तन गर्ने महासंघले जनाएको छ। कक्षा १२ को परीक्षा संचालन गर्न दिनेगरी आन्दोलनको स्वरूप परिवर्तन गर्ने महासंघले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ११ : १४ बजे

राहतमा दोहोरोपन रोक्न काठमाडौं प्रशासनको एकद्वार प्रणाली

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)