१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

६ प्रदेशसहित सीआईबीमा फेरिए डीआईजी



काठमाडौं । बढुवा र अनिवार्य अवकासका कारण खाली भएका ६ वटा प्रदेश प्रहरी कार्यालयसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरुवा गरिएको छ । नेपाल प्रहरीका ६ प्रदेशका प्रहरी प्रमुख र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा डिआईजीहरुको सरुवा गरिएको हो । गृह मन्त्रालयमा आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरूवा गरेको हो ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले जारी गरेको सूचना अनुसार, कोशी प्रदेशमा ईश्वर कार्की, मधेशमा उमा प्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेश कुमार आचार्य, लुम्बिनीमा राजेन्द्र प्रसाद भट्ट र सुदूरपश्चिममा डम्बर बहादुर विकलाई सरुवा गरिएको छ ।

त्यस्तै, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा कार्यरत प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियालाई सरुवा गरिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयबाट डीआईजी भोलाबहादुर रावल र सुदूरपश्चिम प्रहरी कार्यालयबाट डीआईजी गणेश चन्दको अनिवार्य अवकास भएपछि खाली भएको थियो भने बाँके अन्य स्थानका डीआईजीहरुको अतिरिक्त प्रहरी महानिरीक्षक(एआईजी)मा बढुवा भएपछि खाली भएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ९ : २० बजे

सुनको मूल्य ४ हजार ६ सयले घट्यो, चाँदीको मूल्यमा पनि सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

रास्वपाद्वारा १० मन्त्रीको टुंगो, गृहमन्त्री बन्नेभए सुदन गुरुङ

काठमाडौं । अन्ततः बालेन्द्र शाहको अडान र सुदन गुरुङको दबाबबाट

बालेन्द्र शाह ४३औँ प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं संसदीय

माइन, मिसाइल र लामो समुद्री तट : हर्मुज जलडमरूमा इरानको बलियो पकड

पश्चिम एशियाको हर्मुज जलडमरु लगभग चार हप्तादेखि प्रभावकारी रूपमा बन्द

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी । मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका