१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु



बुटवल । नेपाली सेनाको श्री नं. २२ बाहिनी अड्डा रामनगर ब्यारेक बुटवलले अन्तर्गत युनिटहरुका खेलाडीहरुका बीचमा “बाहिनीपति ट्रफी २०८२” शुरु भएको छ। प्रतियोगिताको बाहिनीपति सहायक रथी पुरुषोत्तम खड्काले उद्घाटन गरेका थिए । उनले प्रतियोगिताले आपसी सम्बन्ध र भाइचारा स्थापित गर्नुका साथै शारिरीक तन्दुरुस्ती समेत वृद्धि गर्ने बताए ।

कार्यक्रममा बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी सुरेश थापा, अन्तर्गत युनिटहरुका युनिटपतिहरु, बाहिनी अड्डाका स्टाफ अधिकृत, पदिक, सकलदर्जालगायत सम्पूर्ण विधाका अफिसियलको उपस्थिति थिए ।

राष्ट्रलाई विश्वसामू पहिचान गराउन खेलकुद एक अभिन्न अङ्ग भएकोले नेपाल तथा नेपाली सेनालाई विश्व सामु चिनाउन, खेलकुद क्षेत्रको विकास एवम् विस्तार र खेलकुदको क्षेत्रलाई फराकिलो पार्ने उद्देश्य अनुरुप श्री नं. २२ बाहिनी अड्डा रामनगर ब्यारेक बुटवलले बाहिनीपति ट्रफी आयोजना गरेको हो ।

प्रतियोगितामा पहिलो दिन पुरुषतर्फ १०० मिटर दौड र सटपुट एवम् महिलातर्फ १०० मिटर दौड सञ्चालन भएको थियो । प्रतियोगितामा प्रत्येक युनिटहरुमा छुट्टाछुट्टै विधाहरु फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ्ग, जुडो, स्वीमिङ्ग, एथ्लेटिक्स लगायतका खेलहरु यही वैशाख ३१ गतेसम्म सञ्चालन हुने छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  १२ : ४३ बजे

भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका-३ भुल्केमा लामो समयदेखि रहँदै आएको

इरान-इजरायल तनाव फैलिँदै : रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

दुबई । इरान र इजरायल-अमेरिका गठबन्धनबीचको सैन्य तनाव खाडी क्षेत्रका

रुपन्देहीमा भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ । यहाँका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको

आजको मौसम : पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक