२१ मंसिर २०८२, आइतबार | December 7, 2025

वन्डरनेष्टद्वारा बुटवलमा ‘पेन्ट योर मर्निङ’ कार्यक्रम सम्पन्न



बुटवल । बुटवलमा ‘पेन्ट योर मर्निङ’ चित्रकला कार्यक्रम सम्पन्न भएको छ । ‘ए स्प्ल्यास अफ कलर, ए स्पार्क अफ जोय…’ भन्ने नारासहित वन्डरनेष्टको आयोजनामा चित्रकला कार्यक्रम सम्पन्न भएको हो ।

बुटवलको योगिकुटीस्थित चियाग्राममा आज बिहान ७ बजेबाट १० बजेसम्म चित्रकला कार्यक्रम सञ्चालन भएको थियो । अन्तर्राष्ट्रिय जलरङ समाज लुम्बिनी प्रदेश प्रमुख सुमित्रा राना सुप्राइले २५ जना बालबालिकाहरुलाई क्यानभास पेन्टिङ, किरिङ डिजाइन, फ्रिज म्याग्नेट आर्ट, र बोर्ड आर्ट सिकाएकी संस्थाकी सञ्चालक प्रविना घिमिरेले जानकारी दिइन ।

संस्थाकी अर्का सञ्चालक निकिता भारी कसजुका अनुसार बालबालिकाहरुलाई मोबाइलको लतबाट टाढा राख्न र बालबालिकालाई सिर्जनात्मक सोच मात्र होइन, सहकार्य र आत्म-अभिव्यक्तिको पनि अनुभव गराउनको लागि यो कार्यक्रम गरिएको जानकारी दिइन ।

वन्डरनेष्टले विभिन्न समयमा महिला तथा बालबालिकाहरुको लागि कार्यक्रम गर्दै आएको संस्थाकी अर्का सञ्चालक नेहा अग्रवालले जानकारी दिइन । वन्डरनेष्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ७० जना बढी महिला, बालबालिका तथा युवाहरुको सहभागितामा बुटवलदेखि नुवाकोटसम्म वाकाथुन सम्पन्न गरेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १२ : ५६ बजे

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु