३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

वन्डरनेष्टद्वारा बुटवलमा ‘पेन्ट योर मर्निङ’ कार्यक्रम सम्पन्न



बुटवल । बुटवलमा ‘पेन्ट योर मर्निङ’ चित्रकला कार्यक्रम सम्पन्न भएको छ । ‘ए स्प्ल्यास अफ कलर, ए स्पार्क अफ जोय…’ भन्ने नारासहित वन्डरनेष्टको आयोजनामा चित्रकला कार्यक्रम सम्पन्न भएको हो ।

बुटवलको योगिकुटीस्थित चियाग्राममा आज बिहान ७ बजेबाट १० बजेसम्म चित्रकला कार्यक्रम सञ्चालन भएको थियो । अन्तर्राष्ट्रिय जलरङ समाज लुम्बिनी प्रदेश प्रमुख सुमित्रा राना सुप्राइले २५ जना बालबालिकाहरुलाई क्यानभास पेन्टिङ, किरिङ डिजाइन, फ्रिज म्याग्नेट आर्ट, र बोर्ड आर्ट सिकाएकी संस्थाकी सञ्चालक प्रविना घिमिरेले जानकारी दिइन ।

संस्थाकी अर्का सञ्चालक निकिता भारी कसजुका अनुसार बालबालिकाहरुलाई मोबाइलको लतबाट टाढा राख्न र बालबालिकालाई सिर्जनात्मक सोच मात्र होइन, सहकार्य र आत्म-अभिव्यक्तिको पनि अनुभव गराउनको लागि यो कार्यक्रम गरिएको जानकारी दिइन ।

वन्डरनेष्टले विभिन्न समयमा महिला तथा बालबालिकाहरुको लागि कार्यक्रम गर्दै आएको संस्थाकी अर्का सञ्चालक नेहा अग्रवालले जानकारी दिइन । वन्डरनेष्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ७० जना बढी महिला, बालबालिका तथा युवाहरुको सहभागितामा बुटवलदेखि नुवाकोटसम्म वाकाथुन सम्पन्न गरेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १२ : ५६ बजे

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौँ । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको