१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

नेपालगन्जमा ‘मेकानिकल भेन्टिलेसन’ विषयक एक दिवसीय कार्यशाला सम्पन्न



नेपालगन्ज । नेपालगन्जमा ‘मेकानिकल भेन्टिलेसन’ विषयक एक दिवसीय विशेष कार्यशाला सम्पन्न भएको छ । वेस्टर्न अस्पताल, नेपालगन्जले अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा सोमवार ‘मेकानिकल भेन्टिलेसन’ विषयक कार्यशाला गरेको हो । नर्सिङ सशक्तिकरण कार्यक्रम २०८१ अन्तर्गत कार्यशालामा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट ४० जना नर्स तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

सहभागीहरूलाई गहन उपचार सेवामा अत्यावश्यक मेकानिकल भेन्टिलेसन सम्बन्धी सैद्धान्तिक ज्ञान, व्यवहारिक प्रयोग, उपकरणको सटिक प्रयोग, तथा बिरामी हेरचाहमा आवश्यक सावधानीबारे कार्यशालामा अभिमुखीकरण गराइएको आयोजक वेस्टर्न अस्पतालले जनाएको छ । कार्यशालामा गहन उपचार सेवामा नर्सहरूको अतुलनीय भूमिकाको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरू स्वास्थ्य सेवा सुधारमा कोसेढुंगा सावित हुने विश्वास गरिएको थियो ।

वेस्टर्न अस्पतालले प्रमाण–आधारित अभ्यास र निरन्तर तालिमलाई प्राथमिकता दिदै यस्ता तालिमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । अस्पतालले नर्सहरूको क्षमता अभिवृद्धिमा निरन्तरता दिने समते जानकारी दिएको छ ।

कार्यशालामा वेस्टर्नअस्पतालका अध्यक्ष तथा वरिष्ठ अर्थोपेडिक कन्सल्टेन्ट सर्जन डा. विनोद कुमार थापा, वरिष्ठ अर्थोपेडिक कन्सल्टेन्ट सर्जन डा. किरण गुरुङ, वरिष्ठ एनेस्थेसियोलोजिस्ट तथा कार्यशाला निर्देशक डा. पारस पाण्डे, कार्यक्रम संयोजक तथा वेस्टर्न हस्पिटल नर्सिङ विभाग प्रमुख सन्दीपा शाक्यलगायतले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ७ : ०८ बजे

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला

धादिङ दुर्घटनाका घाइतेको उद्धारमा खटिने थपलिया सम्मानित

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ भैँसीगौडामा केही दिनअघि भएको

निर्वाचनका दिन पर्यटक वाहक सवारीका निम्ति अनुमति लिनुपर्ने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा