२९ पुस २०८२, मंगलबार | January 13, 2026

शताब्दीपुरुष सत्यमोहन जोशीको सालिक अनावरण



पाटन । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको १०६औँ जन्मजयन्तीका अवसरमा उनको सालिक अनावरण गरिएको छ ।

ललितपुर महानगरपालिका कार्यालय परिसरको अग्रभागमा रहेको झनाख्य मेट्रो पार्कमा निर्मित जोशीको अर्धकदको सालिक महानगरप्रमुख चिरीबाबु महर्जनले आज अनावरण गरेका छन् । सालिक अनावरणपश्चात् महानगरप्रमुख महर्जनले स्वर्गीय जोशी मुलुककै गहना भएकाले उनको सम्मानमा जीवित छँदै उनको इच्छाअनुसार धेरै कामहरु सम्पन्न गरेको जानकारी दिए।

‘ललितपुरको समृद्धि र सुशासनको आधार सम्पदा, संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार’ भन्ने नाराका साथ हामीले सेवाप्रवाह गरिरहेका छौँ, उनले महानगरपालिकाको नागरिक भएर सेवा पु¥याउनु भएकामा गर्व गर्छौं, भाषा, साहित्य, संस्कृति र कला क्षेत्रमा उहाँले गर्नुभएको अनुरोधलाई स्वीकार गरेर धेरै काम गरेका छौँ”, उनले भने । ।

महानगरप्रमुख महर्जनले जोशीको इच्छाअनुरूप उहाँद्वारा लिखित ‘वैद्य बा’ चलचित्र आजदेखि लबिम मलमा प्रदर्शनमा ल्याइएको जानकारी गराए। “जीवितै रहँदा जनताको छोराका नाममा टकमारी, हुलाक टिकट प्रकाशन भएको पहिलो इतिहास हो, एक सय वर्ष प्रवेश गर्दा विशाल जनसागरसहित बग्गीमा राखेर महानगर परिक्रमा गराएका थियौँ, आगामी दिनहरुमा पनि उहाँको योगदानलाई उजागर गर्न वार्षिक बजेटमा समावेश गरेर अन्य कार्यक्रम गर्छौं, यसका लागि उहाँको घरपरिवार र यहाँका जातीय समुदायको सहयोग आवश्यक छ”, उनले भने।

महानगरप्रमुख महर्जनले स्व जोशीको योगदानलाई चिरकालसम्म स्मरणीय बनाउन महानगरले कुनै कमी नगर्ने बताए । विक्रम संवत् १९७७ वैशाख ३० गते जन्मनुभएका जोशीको २०७९ असोज ३० गतेका दिन १०३ वर्षको उमेरमा निधन भएको थियो ।

ललितपुर महानगरपालिकाको अनुरोधमा जोशीले पु¥याउनुभएको योगदानको सम्मानमा जोशी जीवितै छँदै सरकारले उनको तस्बिर अङ्कित नेपाली मुद्रा, हुलाक टिकट प्रकाशित गरेको थियोे ।

 

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १२ : १८ बजे

नेपाली कम्युनिस्ट पार्टीका २ हजार ४९९ केन्द्रीय सदस्यले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दुई हजार ४९९ जना

९८ वर्षीय उजिरद्वारा विद्यालयमा खानेपानीको धारा निर्माण

भोजपुर । भोजपुर नगरपालिका-१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर

रौतहटमा धान उत्पादन घट्यो

रौतहट । गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल

अन्नपूर्णको भुवाने देउरालीमा पाखो सम्माएर खेलमैदान निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घारको भुवाने देउरालीमा पाखो सम्याएर

भार्सेका कृषक व्यावसायिक किबीखेतीतर्फ आकर्षित

गुल्मी । व्यावसायिक किबीखेतीमा कृषकको आकर्षण बढ्दै बढेको छ ।