४ पुस २०८२, शुक्रबार | December 19, 2025

आइसिसी ट्वान्टी-२० विश्वकप एसिया छनोट : नेपाल हङकङसँग पराजित



काठमाडौं। नेपालले आइसिसी ट्वान्टी-२० विश्वकप एसिया छनोटमा हङकङसँग डकबर्थ लुइस पद्धति (डिएलएस)का आधारमा सात विकेटको हार बेहोरेको छ ।

जितसँगै तीन खेलमा चार अंक जोडेको हङकङ समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । पहिलो पराजय बेहोरेको नेपाल समान खेलबाट दुई अंकका साथ दोस्रो स्थानमा छ ।

यसअघि हङकङसँगको खेल वर्षका कारण रद्द हुँदा अंक बाँडेको नेपालले बहराइनविरुद्ध ९ विकेटको सहन जित दर्ता गरेको थियो ।

मंगलबार थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ३० रनको लक्ष्य हङकङले तीन बल बाँकी रहँदा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई पाँच ओभरमा झारिएको थियो । हङकङका लागि शान्जिन शहजादले अविजित १५ र मारिको हिलले ११ रन बनाए ।

नेपालका लागि कविता कुँवरले दुई विकेट लिइन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २९ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि सम्झाना खड्काले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसैगरी कप्तान इन्दु बर्मा ९ र रुबिना क्षेत्री चार रनमा अविजित रहे । पूजा महतो तीन र कविता कुँवर दुई रन बनाएर आउट भए ।

हङकङका तीनै विकेट एलिसन सिउले लिइन् ।

 

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ४ : ५६ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज