३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बुटवल उपमहानगर जिल्लामै पहिलो “पूर्ण खोप दिगोपन सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूती सेवायुक्त पालिका” घोषणा



बुटवल । बुटवल उपमहानगरपालिका जिल्लामै पहिलो पूर्ण खोप दिगोपना सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूती सेवायुक्त पालिका घोषणा भएको छ । मंगलबार बुटवल उपमहानगरपालिकामा आयोजित एक विशेष कार्यक्रमकाबीच “पूर्ण खोप दिगोपन सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूती सेवायुक्त पालिका” घोषणा भएको हो ।

स्वास्थ्य सेवा पहुँच र गुणस्तरमा निरन्तर सुधार गर्दै उपमहानगरपालिकाले सबै लक्षित समूहमा पूर्ण खोप सुनिश्चित गर्नुका साथै स्वास्थ्य संस्थाहरूको पूर्ण प्रसूति र सेवा निरन्तरतामा विशेष ध्यान दिएको प्रमाणित भएपछि “पूर्ण खोप दिगोपन सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूती सेवायुक्त पालिका” घोषणा गरिएको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख उमाकान्त चपाइले २०८१/०८२ मा बुटवल उपमहानगरपालिका विभिन्न सुचकहरू पुरा गरेर घोषणा हुनेमा बुटवल उपमहानगरपालिका जिल्लामै पहिलो भएको भन्दै अन्य क्षेत्रमा पनि यसैगरी सफलता हाशिल गर्न शुभकामना दिए ।

धेरै चीजमा आत्मनिर्भर भए पनि रूपन्देही जिल्ला पोषणमा कमी, मातृ मृत्युदर बढी देखिएको भन्दै भविष्यमा यसलाई सुधार गर्ने तर्फ सरोकारवालाहरू सबै लाग्नुपर्नेमा जोड दिए ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई गत वर्ष नै “पूर्ण खोप दिगोपन सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूती सेवायुक्त पालिका” घोषणा गर्ने तयारी भएकोमा केही कारणले एक वर्ष ढिलाइ भएको भन्दै एक वर्ष ढिलागरी घोषणा गर्दा पनि बुटवल जिल्लामै पहिलो हुन सफल भएकोमा खुसी व्यक्त गरे ।

स्वास्थ्य शाखा, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवीकासहित सबै सरोकारवालाहरूको सहयोगमा बुटवल जिल्लामै पहिलो “पूर्ण खोप दिगोपन सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूती सेवायुक्त पालिका” घोषणा हुन सफल भएको भन्दै नगर प्रमुख पाण्डेयले नसर्ने रोग रोकथाम चुनौतीपूर्ण भएको बताए ।

शैक्षिक सुचकांक सुधार गर्ने क्रममा बुटवल उपमहानगरपालिकाले विद्यालय नगएका बालबालिका खोज्न टोल टोल र घर घरमै पुग्दा बालबालिकालाई विद्यालय नपठाएर सडकमा माग्न पठाउने गरेको पाइएको स्मरण गर्दै उनले बालबालिकालाई विद्यालय नपठाए सेवा सुविधा रोक्ने चेतावनी दिएपछि आफ्ना छोराछोरीलाई विद्यालय पठाउनुका साथै सरसफाइ र हरियालीमा समेत अगाडी देखिएको जानकारी गराए ।

अस्पतालमा सुरक्षित रूपमा बच्चा जन्माउन प्रोत्साहन गर्न बुटवलले अस्पतालमा बच्चा जन्माउने सुत्केरीलाई दुई हजार पोषण भत्ता दिने गरेको नगर प्रमुख पाण्डेयले बताए ।

सो अवसरमा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल “पूर्ण खोप दिगोपन सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूती सेवायुक्त पालिका” घोषणा सम्बन्धि प्रतिवेदन वाचन गरेकी थिइन् ।

कार्यक्रममा स्वास्थ्य कार्यालय रूपन्देहीका निमित्त प्रमुख चिन्तामणी ज्ञवाली, आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा बिनोद पराजुली, बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयलगायतले “पूर्ण खोप दिगोपना सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूती सेवायुक्त पालिका” घोषणाका लागि आवश्यक मापदण्ड तथा प्रक्रियाकाबारेमा आ आफ्नो भनाइ राखेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ६ : ४९ बजे

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम