२१ मंसिर २०८२, आइतबार | December 7, 2025

बुटवल उपमहानगर जिल्लामै पहिलो “पूर्ण खोप दिगोपन सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूती सेवायुक्त पालिका” घोषणा



बुटवल । बुटवल उपमहानगरपालिका जिल्लामै पहिलो पूर्ण खोप दिगोपना सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूती सेवायुक्त पालिका घोषणा भएको छ । मंगलबार बुटवल उपमहानगरपालिकामा आयोजित एक विशेष कार्यक्रमकाबीच “पूर्ण खोप दिगोपन सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूती सेवायुक्त पालिका” घोषणा भएको हो ।

स्वास्थ्य सेवा पहुँच र गुणस्तरमा निरन्तर सुधार गर्दै उपमहानगरपालिकाले सबै लक्षित समूहमा पूर्ण खोप सुनिश्चित गर्नुका साथै स्वास्थ्य संस्थाहरूको पूर्ण प्रसूति र सेवा निरन्तरतामा विशेष ध्यान दिएको प्रमाणित भएपछि “पूर्ण खोप दिगोपन सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूती सेवायुक्त पालिका” घोषणा गरिएको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख उमाकान्त चपाइले २०८१/०८२ मा बुटवल उपमहानगरपालिका विभिन्न सुचकहरू पुरा गरेर घोषणा हुनेमा बुटवल उपमहानगरपालिका जिल्लामै पहिलो भएको भन्दै अन्य क्षेत्रमा पनि यसैगरी सफलता हाशिल गर्न शुभकामना दिए ।

धेरै चीजमा आत्मनिर्भर भए पनि रूपन्देही जिल्ला पोषणमा कमी, मातृ मृत्युदर बढी देखिएको भन्दै भविष्यमा यसलाई सुधार गर्ने तर्फ सरोकारवालाहरू सबै लाग्नुपर्नेमा जोड दिए ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई गत वर्ष नै “पूर्ण खोप दिगोपन सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूती सेवायुक्त पालिका” घोषणा गर्ने तयारी भएकोमा केही कारणले एक वर्ष ढिलाइ भएको भन्दै एक वर्ष ढिलागरी घोषणा गर्दा पनि बुटवल जिल्लामै पहिलो हुन सफल भएकोमा खुसी व्यक्त गरे ।

स्वास्थ्य शाखा, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवीकासहित सबै सरोकारवालाहरूको सहयोगमा बुटवल जिल्लामै पहिलो “पूर्ण खोप दिगोपन सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूती सेवायुक्त पालिका” घोषणा हुन सफल भएको भन्दै नगर प्रमुख पाण्डेयले नसर्ने रोग रोकथाम चुनौतीपूर्ण भएको बताए ।

शैक्षिक सुचकांक सुधार गर्ने क्रममा बुटवल उपमहानगरपालिकाले विद्यालय नगएका बालबालिका खोज्न टोल टोल र घर घरमै पुग्दा बालबालिकालाई विद्यालय नपठाएर सडकमा माग्न पठाउने गरेको पाइएको स्मरण गर्दै उनले बालबालिकालाई विद्यालय नपठाए सेवा सुविधा रोक्ने चेतावनी दिएपछि आफ्ना छोराछोरीलाई विद्यालय पठाउनुका साथै सरसफाइ र हरियालीमा समेत अगाडी देखिएको जानकारी गराए ।

अस्पतालमा सुरक्षित रूपमा बच्चा जन्माउन प्रोत्साहन गर्न बुटवलले अस्पतालमा बच्चा जन्माउने सुत्केरीलाई दुई हजार पोषण भत्ता दिने गरेको नगर प्रमुख पाण्डेयले बताए ।

सो अवसरमा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल “पूर्ण खोप दिगोपन सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूती सेवायुक्त पालिका” घोषणा सम्बन्धि प्रतिवेदन वाचन गरेकी थिइन् ।

कार्यक्रममा स्वास्थ्य कार्यालय रूपन्देहीका निमित्त प्रमुख चिन्तामणी ज्ञवाली, आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा बिनोद पराजुली, बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयलगायतले “पूर्ण खोप दिगोपना सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूती सेवायुक्त पालिका” घोषणाका लागि आवश्यक मापदण्ड तथा प्रक्रियाकाबारेमा आ आफ्नो भनाइ राखेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ६ : ४९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल