२९ मंसिर २०८२, सोमबार | December 16, 2025

राज्यव्यवस्था तथा सुशासन समितिबाट सङ्घीय निजामतीसम्बन्धी विधेयक पारित



काठमाडौं । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवामा रहने कर्मचारीको उमेर हद ६० वर्ष, अतिरिक्त सचिव राख्ने व्यवस्था र दुई वर्षे कुलिङ पिरियड राख्न सहमति जनाएको छ ।

समितिको आजको बैठकले उक्त व्यवस्थासहित लामो समयदेखि समितिमा छलफलका क्रममा रहेको सङ्घीय निजामतीसम्बन्धी विधेयक पारित गरेको समिति सचिव सुरजकुमार दुराले जानकारी दिए । उनले भने, “कर्मचारी सेवामा रहने उमेर हद ६० वर्ष, अतिरिक्त सचिबसम्बन्धी व्यवस्था, दुई वर्षको ‘कुलिङ पिरियड’ रहने व्यवस्थासहित विधेयक समितिबाट पारित भएको छ ।” नयाँ प्रस्तावित व्यवस्थामा निजामती सेवामा १५ तह रहने व्यवस्था छ ।

यो निजामती सेवामा रहेको कर्मचारी अवकाश प्राप्त सरकारी कर्मचारीले अर्को जिम्मेवारी प्राप्त गर्ने सन्दर्भमा पर्खनुपर्ने समयावधिसम्बन्धी व्यवस्थालाई कुलिङ पिरियड भनिने गरिएको छ । यसअघि समितिको आजको गृहमन्त्री रमेश लेखकले कर्मचारीमा कुलिङ पिरियड दुई वर्ष राख्न सरकार सहमत भएको जानकारी गराएका थिए। यसअघि एक वर्षको व्यवस्था गर्ने भनिएको थियो । सरकारले ल्याएको उक्त प्रस्तावमा समितिमा रहेका सबै सदस्य सहमत भएका थिए ।

सङ्घीय निजामती विधेयकमाथिका छलफलमा भाग लिँदै समिति सदस्यले लोक सेवाप्रतिको छवि र ओजलाई घटाउन नहुने तथा कर्मचारीका उमेर हदका सम्बन्धमा सरकारको दुई वर्षको कुलिङ पिरियडसम्बन्धी प्रस्ताव उपयुक्त हुने सुझाव प्रस्तुत गरे।

सदस्य अशोककुमार राईले निजामती विधेयकमा पर्याप्त छलफल भइसकेकाले अब फेरि अल्मलिँदा परिणाम दिन चुनौती हुने भएकाले अब अनावश्यक लम्याउन नहुने धारणा राखे। कुलिङ पिरियड दुई वर्ष राख्ने भन्ने सरकारको धारणाप्रति अन्यथा भन्न नमिल्ने बताउँदै उनले निजामती कर्मचारीको उमेर हद ६० बर्ष पु¥याउनुपर्छ भन्ने विषयमा लचिलो हुँदा नै राम्रो हुने बताए ।

ट्रेड युनियनकै कारण निजामती प्रशासनलाई बदनाम मात्र नभई निष्पक्ष हुन नसकेका भन्ने तर्क गर्दै त्यसलाई व्यवस्थित तुल्याउन अत्यावश्यक रहेको विचार प्रकट गरे ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  १२ : १५ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको