३ पुस २०८२, बिहिबार | December 18, 2025

‘सगरमाथा संवाद’ को दोस्रो दिन, छलफलमा २३ टोलीले भाग लिदैँ



काठमाडौं । हिजोदेखि काठमाडौंमा सुरु भएको अन्तराष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रममा आज छलफल सेशन चल्दैछ । हिमाल, हिमनदीसहित विश्वमा देखा परेको जलवायु परिवर्तनका बारेमा छलफल गर्नका लागि काठमाडौंमा हिजोदेखि सगरमाथा संवाद कार्यक्रम सुरू भएको हो ।

सोल्टी होटेल, ताहाचलमा बिहान ९ः३० बजेबाट सुरू हुने आजको छलफल कार्यक्रममा १७५ विदेशी पाहुनासहित ३५० जनाले सहभागीता जनाउँदै छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार जेठ ४ गतेसम्म गरी तीनदिनसम्म चल्ने यो ‘सगरमाथा संवाद’ कार्यक्रमको जलवायु परिवर्तन सबन्धी मुख्य विषय छलफल हुनेछ ।

यस्तो छ कार्यतालिका

छलफल सत्रः अन्तर्राष्ट्रिय सम्मेलनको प्रारूपमा आयोजना गरिने यस संवादको थिममा केन्द्रित रही आफ्ना धारणा वा विचारहरू व्यक्त गर्ने प्रयोजनका लागि यो सत्र राखिएको हो। संवादमा सहभागी हुने सबै राष्ट्र र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संगठनलाई यस सत्रमा बोल्ने अवसर हुनेछ । हालसम्म यस सूचीमा २३ प्रतिनिधिमण्डल समावेश गरिएको छ। प्रत्येक प्रतिनिधिमण्डललाई ५ मिनेटको बोल्ने समय प्राप्त हुने छ । कार्यक्रम बिहान ११ः३० मा शुरू भई अपरान्ह १ः३० बजे सम्पन्न हुनेछ ।

त्यसपछि विशिष्ट अतिथिहरूलाई सगरमाथाको हवाइ यात्रालगायत विभिन्न कार्यक्रमहरू गरिनेछ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शनिबार  ७ : २१ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका