२४ चैत्र २०८२, मंगलबार | April 8, 2026

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर



वाशिङ्टन । अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेन प्रोस्टेट क्यान्सरको सिकार भएका छन् । ८२ वर्षीय बाइडेनले पिसाबमा समस्या देखिएपछि गराएको परीक्षणमा यो रोग देखा परेको हो । उनको क्यान्सरमा हार्मोन बढी सेन्सेटिभ भएका कारण उपचार सम्भव भएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो समाचार थाहा पाएपछि सामाजिक सञ्जालमा बाइडेनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । पूर्व उपराष्ट्रपति कमला ह्यारिसले पनि बाइडेनको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन् ।

डेमोक्र्याट पार्टीको तर्फबाट दोस्रो कार्यकालका लागि राष्ट्रपति उम्मेदवार भएका बाइडेन गत जुनमा टेलिभिजन बहसमा विपक्षी ट्रम्पको तुलनामा कमजोर देखिएपछि दौड त्यागेका थिए । प्रोस्टेट क्यान्सर पुरुषमा छालाको क्यान्सर पछिको सामान्य हो ।

अमेरिकाको युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)का अनुसार प्रत्येक १०० मध्यका १३ जनालाई जीवनको कुनै मोडमा प्रोस्टेस क्यान्सर हुनसक्छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ७ : ३० बजे

म्याग्दीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्रियो

म्याग्दी । आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक

करोडभन्दा बढी बैङ्किङ कसुर : पक्राउ गरी अदालतमा पेस

काठमाडौँ । एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौँ । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र

सरकारी सञ्चारमाध्यममा मात्र विज्ञापन दिने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना