२१ मंसिर २०८२, आइतबार | December 7, 2025

बुटवलको समृद्धि हेयर एकेडेमीलाई आईएसओ प्रमाणपत्र

दीक्षान्त समारोहमा पुरस्कार घोषणा देखी विभिन्न व्यक्ति सम्मानित



बुटवल । रूपन्देहीकाे पहिलो अत्याधुनिक सैलुन तथा एकेडेमीका रूपमा स्थापित समृद्धि हेयर ड्रेसिङ सैलुन एन्ड एकेडेमीले अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ । सोमवार बुटवलमा आयोजित संस्थाको ग्र्याजुएसन सेरेमाेनी-२०२५ का अवसरमा एक कार्यक्रमका बिच संस्थालाई आईएसओ प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

आईएसओ प्रतिनिधि टिकाराम शर्माले समृद्धि एकेडेमीले आईएसओ प्रमाणीकरणका लागि आवश्यक मापदण्ड पुरा गरी उक्त प्रमाण चिन्ह प्राप्त गरेको बताए । संस्थाका अध्यक्ष तथा सञ्चालक मोहन ठाकुरले आईएसओ प्रमाणीकरणसँगै सैलुन तथा एकेडेमीलाई थप स्तरीय बनाउँदै अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा प्रदान गर्ने जिम्मेवारी पनि थपिएको बताए ।

रूपन्देहीकाे बुटवलमा डेढ दशक अगाडी युवा सञ्चारकर्मी मोहन ठाकुरले आफ्नो पुर्ख्यौली सिपलाई पुस्तान्तरण गर्दे समयानुसार अत्याधुनिक सैलुनको आवश्यकता महसुस गरी सैलुन तथा एकेडेमी सञ्चालनमा ल्याएका हुन । आजको दिनमा समृद्धि बुटवल मात्र नभएर पश्चिम नेपालकै ब्रान्डका रूपमा स्थापित भएको छ ।

सोमबार आयोजित ग्र्याजुएसन सेरेमाेनीमा हेयर ड्रेसिङ र हेयर केमिकल विद्यामा तालिम पूरा गरेका ३६६ जना विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने संस्थाले एक कर्मचारी सहित चार जनालाई नगद तथा कदर-पत्र सहित सम्मान पनि गरेको छ ।

संस्थाले रूपन्देहीलाइ कर्मथलो बनाइ विगत लामो समयदेखि सौन्दर्य क्षेत्रलाई आत्मसाथ गर्दै सौन्दर्यकलालाई व्यावसायिक रुपामा अङ्गालेर सौन्दर्यकला क्षेत्रको व्यावसायिक वृद्धि र विकासमा महत्त्वपूर्ण योगदान पुर्याएकाे भन्दै अग्रज व्युटिसियनका रूपमा देवी श्रेष्ठलाई नगद १५०००/- तथा कदर -पत्र सहित सम्मान गरेको छ ।

त्यस्तै नाइँ पेसामा रहेर कपाल काट्ने कला मार्फत सैलुन व्यवसाय र नाइँ पेसाको व्यावसायिक हित र विकासमा महत्त्वपूर्ण योगदान गरेबापत अग्रज नाईका रूपमा छविलाल नाउ ठाकुर लाई नगद १५०००/- तथा कदर -पत्र सहित सम्मान गरिएकाे छ।

गसै गरी पत्रकारिता पेसामा रहेर नियमित रूपमा समाचार तथा लेख रचनाहरू मार्फत सौन्दर्यकला व्यवसाय र सौन्दर्यकला क्षेत्रको व्यावसायिक हित र विकासमा महत्त्वपूर्ण योगदान गरेकाेभन्दै पत्रकार पूजा पन्थीलाई नगद १५०००/- सहित कदर -पत्रद्वारा सौन्दर्यकला पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ ।

त्यसै गरी स्थापना काल देखि नै समृद्धि हेयर ड्रेसिङ सैलुन एन्ड एकेडेमीमा कर्मचारीका रूपमा सहकार्य गर्दै संस्थाको यात्रालाई यहाँसम्म ल्याइ पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेबापत सैलुनका कर्मचारी त्रिजुगी ठाकुर (देवा) लाई नगद १००,०००/- तथा कदर -पत्र सहित उत्कृष्ट कर्मचारीका रूपमा सम्मान समेत गरेको गरेको छ ।

सम्मानित हुनेहरूले प्राप्त सम्मानले आफ्नो क्षाेत्रमा थप क्रियाशील भएर लाग्न ऊर्जा तथा प्रेरणा मिलेको बताए । अग्रज व्यूटिसियनका रूपमा सम्मान प्राप्त गरेकी देवी श्रेष्ठले स्थानीय स्तरका व्यावसायिक सङ्घ सङ्गठनहरूले समेत नखोजेको र आफैले समेत यो पेसामा कति पुरानो भइयो भन्ने भुलिसकेको अवस्थामा खोजेर मेरो पेसा प्रतिको लगाव तथा समर्पण एवम् साैन्दर्यकलाकाे क्षेत्रमा मैले बिताएका समयलाई यादगार बनाउँदै अग्रज व्युटिसियनका रूपमा सम्मानित गरेकोमा एकेडेमी परिवार लाई धन्यवाद दिइन ।

कार्यक्रममा प्रमुख अतिथि रहेका बहुचर्चित कमेडियन तथा कलाकार सन्दीप क्षेत्रीले औपचारिक उद्घाटन गर्दै हेयर ड्रेसिङ केवल सिप नभई आत्मनिर्भरता र सम्मानजनक रोजगारीको आधार भएको बताए । ‘शिक्षितसँगै सक्षम बन्ने अवसर यो कार्यक्रमले दिएको छ ।’-उनले भने ।

कपाल काट्ने मात्र नभई व्यक्तित्व निर्माण गर्ने कलाका रूपमा यो पेसाको पहिचान बनेको भन्दै उनले नयाँ पुस्तामा हेयर स्टाईलकाे क्रेज बढ्दो रहेको बताए । ‘बजारमा हेयर ड्रेसिङ पेसाले ठुलो सम्भावना बोकेको बताउँदै सिप नै लगानी बन्ने उदाहरण प्रस्तुत गर्दै विश्वको जुनसुकै कुनामा गए पनि बेरोजगार बन्नु नपर्ने पेसा भएको दाबी गरे ।

कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्याल, नेपाल नाइँ सङ्घका अध्यक्ष जय श्याम ठाकुर, र सौन्दर्य कला व्यवसायी सङ्घका अध्यक्ष आशु गुरुङ लगायतले सिपमूलक शिक्षाले युवालाई आत्मनिर्भर बनाउने उल्लेख गर्दै यस्ता एकेडेमीहरूको भूमिकाले युवाहरूलाई स्वरोजगार बनाउन महत्त्वपूर्ण भूमिका रहने भन्दै प्रशंसा गरे ।

एकेडेमीका अध्यक्ष तथा सञ्चालक मोहन ठाकुरले विगतमा व्यवसाय सुरुवातको चरणलाई स्मरण गर्दै समाजमा आजको दिनमा यो पेसा लाई हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन आएको बताए । नाइँहरूकाे मात्र पेसा हो भनेर हेरिने यो पेसा आज स्वरोजगार तथा सिपमूलक पेसाका रूपमा सबै समुदायले ग्रहण गरेकोमा गर्व महसुस गरेको बताए । उनले तत्कालीन समयमा सञ्चारकर्मीका रूपमा कार्यरत हुँदै जीविकोपार्जनमा थप मद्दत होस भनेर आफ्नो पुर्ख्यौली पेसालाई बुटवलमा स्थापना गरेको र आज यसै पेसाले आफूलाई नाम, सम्मान र इज्जत सहित यसै क्षेत्रमा पूर्णकालीन रूपमा स्थापित गराएको बताए ।

बुटवलबाट सुरुवात भएको यस सैलुन तथा एकेडेमीका रूपन्देहीकाे बुटवल सँगै कास्कीकाे पोखरा, रूपन्देहीकाे मणिग्राम तथा नवलपरासीको बर्दघाटमा शाखाहरू सञ्चालनमा छन् । एकेडेमीले देशै भरी आफ्ना शाखा बिस्तार गर्दे जाने योजना समेत रहेको बत्ताएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ८ : ४४ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल